साताकाे सेयर बजार, दशैँअघिकाे लुकामारी, लगानीकर्ताहरू सकारात्मक
- गाउँ सहर संवाददाता
- ९ असोज शनिबार, २०७८ | ०८:३८:०० मा प्रकाशित

काठमाडौँ । यो साता सार्वजनिक विदा परेकाका कारण चार ओटा कारोबार दिनमात्र शेयर कारोबार भएको छ । चार कारोबार दिनमा रू. २९ अर्ब ७६ करोड ३८ लाख ७० हजार बराबरको ६ करोड ४ लाख ७३ हजार १६३ कित्ता शेयर कारोबार भएको छ । गत साता पाँच कारोबार दिनमा रू. ३८ अर्ब ३१ करोड ७८ लाख ८२ हजार बराबरको ७ करोड ४ लाख ४७ हजार ७१७ कित्ता शेयर कारोबार भएको थियो ।
यो साता गत साताभन्दा रू. ८ अर्ब ५५ करोड ४० लाख ११ हजार बराबरको ९९ लाख ७४ हजार ५५४ कित्ता कम शेयर कारोबार भएको हो । साताको दोस्रो कारोबार दिन रू. ८ अर्ब ४९ करोडभन्दा बढी, तेस्रो कारोबार दिन रू. ७ अर्ब ३६ करोडभन्दा बढी, चौथो कारोबार दिन रू. ६ अर्ब १७ करोडभन्दा बढी र पाँचौ कारोबार दिन रू. ७ अर्ब ७२ करोडभन्दा बढीको शेयर कारोबार भएको हो ।
यो साता नेप्से परिसूचकमा निकै उतारचढाब देखिएको छ । सोमवार खुलेको बजार ११४ दशमलव शून्य २ अंकले घटेको थियो भने मंगलवार १३ दशमलव ८३ अंकले बढेको थियो । त्यस्तै बुधवार १०४ दशमलव ८८ अंकले बढेको बजार बिहीवार २ दशमलव ७० अंकले बढेर बन्द भएको छ ।
गत साताको अन्तिम कारोबार दिन २ हजार ८१२ दशमलव ३९ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ८१९ दशमलव ६६ विन्दुमा पुगेर बन्द भएको छ । गत साताभन्दा यो साता नेप्से परिसूचक ७ दशमलव २८ अंकले माथि उक्लिएको हो ।
सेन्सेटिभ इन्डेक्स पनि यो साता ४ दशमलव २४ अंकले बढेको छ । गत साता ५२५ दशमलव ७८ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५३० दशमलव शून्य २ विन्दुमा पुगेको हो ।
यो साता लगानीकर्ताहरुको सम्पत्तिको मूल्य अर्थात् कुल बजारपूँजीकरण रू. ११ अर्ब ४० करोड ८० लाख ९० हजारले बढेको छ । गत साता रू. ३९ खर्ब ३५ अर्ब ७४ करोड १० लाख ८९ हजार रहेको कुल बजार पूँजीकरण यो साता रू. ३९ खर्ब ४७ अर्ब १५ करोड ७९ हजार कायम भएको हो ।
पछिल्लो समय सूचीकृत कम्पनीहरुले लाभांश प्रस्ताव सार्वजनिक गर्न थालेसँगै बजारमा लगानीकर्ताहरु सकारात्मक बन्न थालेका छन् । वर्षभरिको लगानीको प्रतिफल भित्र्याउने समय भएकाले पनि यतिबेला बजारमा माग बढ्ने अनुमान गरिएकाे छ ।
सरकारी बजेट खर्च गर्ने बाटो खुला भएसँगै बजारमा तरलता थपिने र शेयरबजारमा लगानी बढ्ने विश्वास लगानीकर्ताहरुको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस