स्वास्थ्य

काठमाडौं उपत्यकाका तीन जिल्लामा ३९६ कोभिड संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९६ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा २९८, भक्तपुरमा ६३ र ललितपुरमा ३५ जना संक्रमित थपिएका हुन् । 

उपत्यकामा सक्रिय संक्रमितको संख्या ५ हजार ५३२ पुगेको छ । आज देशभर २० हजार ८९१ जना होम आइसोलेसनमा, १ हजार ४३२ जना संस्थागत आइसोलेसनमा, ३७१ जना आईसीयू तथा १०८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

गाउँ सहर संवाददाता