अर्थतन्त्र

साेमबार सुनकाे मूल्यमा गिरावट

काठमाडौं । आज सुनको मूल्यमा गिरावट देखिएकाे छ ।

आइतबार छापावाल सुन प्रतितोला ८९ हजार १०० रुपैयाँमा कारोबार  भएकोमा आज २०० रूपैयाँ घटेर ८८ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ८८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १५ रूपैयाँले घटेको छ । आज चाँदी १ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गाउँ सहर संवाददाता