पछिल्लाे २४ घण्टामा नेपालमा कोरोना संक्रमितभन्दा निकाे हुने दाेब्बर, १२ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ३ असोज आइतबार, २०७८ | १६:३७:०० मा प्रकाशित
काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा ७३४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १३ नमूना परीक्षण गर्दा ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।
७ हजार ३०४ जनाको आरटी पीसीआर र २ हजार ७०९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआरबाट ६६५६ र एन्टिजेनबाट ७८ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा नेपालमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४०९ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म पीसीआरबाट ७ लाख ८४ हजार ५६६ र एन्टिजेनबाट ८८ हजार ९६८ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, ७ लाख ४९ हजार २१३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा एक हजार ४१३ जना कोरोनामुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ३१३ रहेको छ ।
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
- दसैंका लागि अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि
प्रतिकृया दिनुहोस