शिक्षा

BFIT GROUP OF INSTITUTIONS ले गर्यो काठमाडौँमा एजेन्ट मिट

काठमाडाैँ। सन् २००२ मा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित बाबा फरीद इष्टीच्यूट अफ टेक्नोलोजी आजको दिनसम्म आइपुग्दा BFIT GROUP OF INSTITUTIONS को रूपमा विकसित भएको छ। यसै खुसीयाली शैक्षिक परामर्श व्यवसायीको माझ सेलिब्रेसन गर्ने उद्धेश्यले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरिएको छ।

BFIT GROUP OF INSTITUTIONS अन्तर्गत BFIT कलेज, किङ्स्टोन इम्पेरियल इष्टीच्यूट, लीब्रा कलेज अफ ल, गुरू नानक कलेज लगायतका शैक्षिक संस्थाहरू रहेका छन्। अधिकांश शैक्षिक कार्यक्रमहरू हेमवती नन्दन बहुगुणा गढवाल युनिभर्सिटी (सेन्ट्रल युनिभर्सिटी) र अन्य तीन स्टेट युनिभर्सिटीहरूको एफिलीयसनमा डिप्लोमा, अन्डरग्याजुएट, पोष्ट ग्रयाजुएट र पिएचडी समेत अध्ययन अध्यापन गराउने यस शैक्षिक संस्थाले AICTE, NAAC, MHRD, UGC लगायतका सबै गुणस्तर मापनका मापदण्ड पुरा गरेको छ।

यिनै सफलता प्राप्त गरिएका विषयका बारेमा शैक्षिक परामर्श व्यवसायीहरूहरूलाई जानकारी गराउँदै कलेजका रजिष्ट्रार भूपेन्द्र सिंहले बिसौं बार्षिकोत्सवको अवसरमा BFIT GROUP OF INSTITUTIONSको एजेन्ट अप्रिसिएसन सर्टीफीकेट समेत प्रदान गरेका थिए।

बिगत डेढ दशकदेखि नेपाली शैक्षिक परामर्श व्यवसायीहरूलाई विद्यार्थी भर्नामा सहयोग पुर्याउँदै आएका कलेजका इन्चार्ज, मार्केटिङ् एण्ड इन्टरनेसनल एड्मिसन अजय बरालले शैक्षिक परामर्श व्यवसायी साथीहरूकै साथ र सहयोगले BFIT GROUP OF INSTITUTIONS ले सफलतापूर्वक दुई दशक पार गर्न सफल भएको जानकारी गराए। BFIT GROUP OF INSTITUTIONS बाट एक हजार भन्दा बढि नेपाली विद्यार्थीहरूले पढाइ सकेर देश तथा विदेशमा उच्च तह काम गरीरहेकोमा आफू निकै खुशी भएको र भविष्यमा पनि यसै गरि साथ दिइरहने आशा रहेको जानकारी गराए।

देहरादून पहिले नेपाली राज्य नै भएकोले त्यहाँ नेपाली भाषा अधिकांशले बुझ्ने, नेपाली संस्कृतिको जगेर्णा भएको, नेपाली विद्यार्थीहरूलाई सुहाउँदो वातावरण र सुपथ मूल्यमा सेन्ट्रल गभर्मेट युनिभर्सिटीको डिग्री प्राप्त हुने हुँदा नेपाली विद्यार्थीहरूले BFIT GROUP OF INSTITUTIONS मनपराएको देखिन्छ।

गाउँ सहर संवाददाता

तपाईँको मत