नेप्सेमा गिरावट कायमै, कारोबार रकम ५ अर्बमै सीमित
- गाउँ सहर संवाददाता
- ३० भदौ बुधबार, २०७८ | १५:२८:०० मा प्रकाशित

काठमाडौं । बुधबार पनि सेयर बजारमा लगानीकर्ता निराश देखिका छन् । नेप्से परिसूचक ४०.२६ अंकले घटेर २८८९.०३ अंकमा झरेको छ ।
कारोबार रकम बढ्न सकेको छैन । बुधबारको कारोबारमा १ करोड ५ लाख ५७ हजार ८६६ कित्ता सेयर ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।
मनकामना लघुवित्त, कर्पोरेट विकास बैंक, छ्याङदी हाइड्रोलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।
उपसमूहतर्फ सबै उपसूचकमा गिरावट देखिएको छ ।
यस दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ८.२३ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ६.६७ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ४.०८ प्रतिशत, माउन्टेन इनर्जीको १.९७ प्रतिशत र नारायणि डेभलपमेन्ट बैंकको १.६६ प्रतिशतले बढेको छ।
यसैगरी बुधबार हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ६.८८ प्रतिशतले घटेको छ भने गोर्खाज फाइनान्सको ५.४१ प्रतिशत, रुरु जलविद्युतको ४.८६ प्रतिशत, सिन्धु विकास बैंकको ४.४६ प्रतिशत र गुडविल फाइनान्सको ४.३१ प्रतिशतले घटेको छ ।
बुधबार पनि अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै २२ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सानिमा लाइफ इन्स्योरेन्सको १७ करोड,आइसिएफसि फाइनान्सको १५ करोड, रैराङ हाइड्रोपावरको १४ करोड र नेश्नल हाइड्रोपावरको १३ करोड रुपैयाँ बराबरको शेयर बारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस