कांग्रेसले थप ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्यायो
- गाउँ सहर संवाददाता
- ३० भदौ बुधबार, २०७८ | १२:००:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । मंगलबार काभ्रे, सिन्धुपाल्चोक, मोरङ, मोहत्तरी, बर्दिया, पर्सा, कैलाली बाजुराको विवाद मिलेको क्रियाशील टुङ्ग्याउन गठित कार्यदलका सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।
बाँकी जिल्लाको विवाद क्रमशः मिलाउँदै जाने चौधरीले बताए ।
क्रियाशील सदस्यता विवादकै कारण २० जिल्लामा कांग्रेसले हालसम्म वडा अधिवेशन गर्न सकेको छैन । कार्यतालिका अनुसार १८ भदौमा ७७ जिल्लाको वडा अधिवेशन गर्ने भनिएपनि हालसम्म ५६ जिल्लाको मात्र सम्पन्न भएको छ ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भएको वडा अधिवेशन भने विवादित बनेको छ । संस्थापन इतर समूहले डडेलधुराको वडा अधिवेशन पुनः गराउन माग गरिरहेको छ ।
कांग्रेसले यसपालि करिब ९ लाख क्रियाशील सदस्य बनाएको थियो। कांग्रेसको पालिका तहमा असोज ९ मा अधिवेशन छ। त्यसअघि नै वडा अधिवेशन गरिसक्नुपर्ने हुन्छ।
कांग्रेसको महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस