कांग्रेसले थप ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्यायो
- गाउँ सहर संवाददाता
- ३० भदौ बुधबार, २०७८ | १२:००:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसले ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । मंगलबार काभ्रे, सिन्धुपाल्चोक, मोरङ, मोहत्तरी, बर्दिया, पर्सा, कैलाली बाजुराको विवाद मिलेको क्रियाशील टुङ्ग्याउन गठित कार्यदलका सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।
बाँकी जिल्लाको विवाद क्रमशः मिलाउँदै जाने चौधरीले बताए ।
क्रियाशील सदस्यता विवादकै कारण २० जिल्लामा कांग्रेसले हालसम्म वडा अधिवेशन गर्न सकेको छैन । कार्यतालिका अनुसार १८ भदौमा ७७ जिल्लाको वडा अधिवेशन गर्ने भनिएपनि हालसम्म ५६ जिल्लाको मात्र सम्पन्न भएको छ ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भएको वडा अधिवेशन भने विवादित बनेको छ । संस्थापन इतर समूहले डडेलधुराको वडा अधिवेशन पुनः गराउन माग गरिरहेको छ ।
कांग्रेसले यसपालि करिब ९ लाख क्रियाशील सदस्य बनाएको थियो। कांग्रेसको पालिका तहमा असोज ९ मा अधिवेशन छ। त्यसअघि नै वडा अधिवेशन गरिसक्नुपर्ने हुन्छ।
कांग्रेसको महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस