गाउँ सहर

अध्यक्ष तिमिल्सिना र एसियाली विकास बैंक कन्ट्री डाइरेक्टरबीच भेट

काठमाडाैँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर अर्नाउद काउचोइस बीच शिष्टचार भेटघाट  भएको छ।

नेपालका लागि नवनियुक्त डाइरेक्ट काउचोइसले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टचार भेट भएको हो।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको लागि निर्देशक हुनुभएकोमा बधाई तथा शुभकामना व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले नेपालमा एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको समेत लगानीमा सञ्चालनमा रहेको ग्रामिण सडक सञ्जाल सुधार आयोजनाकोे प्रभावकारीता र छिटो कार्यान्वयन गराउने सन्दर्भमा कुराकानी गरेका थिए । ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका लागि सडकहरु छनोटको प्रकृया तीन वर्ष अगाडिबाट शुरु भएपनि हाल सम्म कार्यान्वयनको प्रक्रिया केही विलम्ब हुन गएकोले ग्रामीण भेगका जनता र जनप्रतिनिधिको अपेक्षा अनुरुप उक्त सडकहरु छिटो सम्पन्न हुनुपर्छ भन्ने धारणा व्यक्त गरे।

भेटका क्रममा एडिबीका कन्ट्री डाइरेक्टर काउचोइसले ग्रामिण सडक सञ्जाल सुधार आयोजनालाई छिटो र प्रभावकारी सञ्चालनको विधि र प्रक्रिया निर्धारण गर्नु पर्नेमा जोड दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत