सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता
- गाउँ सहर संवाददाता
- २९ भदौ मंगलबार, २०७८ | २१:१८:०० मा प्रकाशित

काठमाडाैँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झाैतापश्चात सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पनि निक्षेप सदस्यको रुपमा सर्वसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ ।
पुतलीसडक स्थित सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको कार्यालयमा एक कार्यक्रमकाबीच सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरे ।
यो सँगै अब निकट भविष्यमै सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना सम्पूर्ण ९६ वटै शाखा कार्यालयहरु मार्फत निक्षेप सदस्यता सम्बन्धी कार्य सञ्चालनमा ल्याउने छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९६ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस