कोरोनाबाट थप १९ जना संक्रमितको मृत्यु, निको हुनेभन्दा केहि बढी नयाँ संक्रमित
- गाउँ सहर संवाददाता
- २९ भदौ मंगलबार, २०७८ | १६:४७:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १४ हजार ४४३ को परीक्षण हुँदा १ हजार ५६२ संक्रमित थपिएका छन् ।
आजसम्म जम्मा ४० लाख ४४ हजार ८५९ को पिसिआर र ५ लाख २० हजार १६५ जनाको एन्टिजेन परीक्षण भएको छ । जसबाट ७ लाख ७९ हजार ४९२ पिसिआरबाट र ८७ हजार ४१३ एन्टिजेन विधिबाट संक्रमित पहिचान भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ४५३ सघन र १३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा १ हजार ५८९ छ । प्रतिशतमा हेर्दा यो ९५.२ हो । योसहित कुल निको हुनेको संख्या ७ लाख ४२ हजार ३०६ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २२३ र होम आइसोलेशनमा रहेको संख्या २४ हजार ६९० छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या १ हजार ५१२ छ ।
देशमा सक्रिय संक्रमितको संख्या २६ हजार २०२ रहेको छ ।
मन्त्रालयका अनुसार १२ जिल्लाहरुमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २०० संक्रमित माथि रहेको जिल्ला २० छ ।
अहिलेसम्म पूर्ण खोप प्राप्त गर्नेको संख्या ५२ लाख ४३ हजार २३६ पुगेको मन्त्रालयले जनाएको छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.३ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३७०.२ रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस