कोरोनाबाट थप १९ जना संक्रमितको मृत्यु, निको हुनेभन्दा केहि बढी नयाँ संक्रमित
- गाउँ सहर संवाददाता
- २९ भदौ मंगलबार, २०७८ | १६:४७:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १४ हजार ४४३ को परीक्षण हुँदा १ हजार ५६२ संक्रमित थपिएका छन् ।
आजसम्म जम्मा ४० लाख ४४ हजार ८५९ को पिसिआर र ५ लाख २० हजार १६५ जनाको एन्टिजेन परीक्षण भएको छ । जसबाट ७ लाख ७९ हजार ४९२ पिसिआरबाट र ८७ हजार ४१३ एन्टिजेन विधिबाट संक्रमित पहिचान भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ४५३ सघन र १३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा १ हजार ५८९ छ । प्रतिशतमा हेर्दा यो ९५.२ हो । योसहित कुल निको हुनेको संख्या ७ लाख ४२ हजार ३०६ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २२३ र होम आइसोलेशनमा रहेको संख्या २४ हजार ६९० छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या १ हजार ५१२ छ ।
देशमा सक्रिय संक्रमितको संख्या २६ हजार २०२ रहेको छ ।
मन्त्रालयका अनुसार १२ जिल्लाहरुमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २०० संक्रमित माथि रहेको जिल्ला २० छ ।
अहिलेसम्म पूर्ण खोप प्राप्त गर्नेको संख्या ५२ लाख ४३ हजार २३६ पुगेको मन्त्रालयले जनाएको छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.३ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३७०.२ रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस