छत्रदेव गाउँपालिकाका अध्यक्ष पोखरेलले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने
- गाउँ सहर संवाददाता
- २८ भदौ सोमबार, २०७८ | १९:२६:०० मा प्रकाशित
अर्घाखाँची । नेपालकै नमूना गाउँपालिका बनाउन सफल विकासप्रेमी युवा नेता तथा छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा अर्घाखाँची जिल्लाबाट महाधिवेशन प्रतिनिधिको रुपमा उम्मेदवारी दिने भएका छन् ।
जिल्ला सभापतिको पदमा उम्मेदवारी दिने चर्चामा रहेका जिल्लाका स्पष्ट सोच भएका बौद्धिक एवम् युवा नेता पोखरेलले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनी १३ औँ महाधिवेशनमा पनि जिल्लाबाट महाधिवेशन प्रतिनिधिको रुपमा निर्वाचित भएका थिए ।
उनले भने, "नेपाली कांग्रेसलाई नयाँ दिशा दिनसक्ने आफूमा बल भएको र अर्घाखाँचीको कांग्रेसलाई नमूना कांग्रेस बनाउने नयाँ सोच र जिम्मेवारी आफू समक्ष आएको भएता पनि सबैलाई समेटेर पार्टीलाई एक ढिक्का बनाउन पनि आफू यसपटक जिल्ला सभापतिमा दावी नगरी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा नै उम्मेदवारी दिने सोच बनाइसकेको छु । यसमा सबैले साथ पक्कै दिनु नै हुनेछ ।"
स्वच्छ छवि भएका नेताको रुपमा परिचित पोखरेल गाउँपालिकाकाकाे अध्यक्ष भएपछि विकासकाे मूल फूटेकाे र पालिकाहरूमा अब्बल दर्जाकाे स्तरपनि प्राप्त गराएका छन् । अहिले छत्रदेव गाउँपालिका जिल्लाभरीकै पालिकाहरु मध्ये पारदर्शी र धेरै विकासका गतिविधि संचालन गर्ने पालिकाको रुपमा चिनिन्छ ।
नमूना कांग्रेस स्थापनाको लागि स्पष्ट सोच भएको युवा नेतृत्वलाई चुन्नका लागि सम्पूर्ण परिवर्तनशिल कांग्रेस कार्यकर्ताहरु समक्ष आफूलाई महाधिवेशन प्रतिनिधिमा भोट दिई विजय बनाउन उनले आग्रह गरेका छन् ।
अहिले क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आएका कार्यकर्तापनि परिवर्तनशिल सोचका भएकोले आफूलाई निर्वाचित गराउनेमा उनी विश्वस्त रहेकाे कुराकानीमा बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
प्रतिकृया दिनुहोस