कोरोनाबाट विश्वमा ४६ लाख ४३ हजार ४५४ ले ज्यान गुमाए, पछिल्लो समय निको हुनेको संख्या बढ्दाे
- गाउँ सहर संवाददाता
- २८ भदौ सोमबार, २०७८ | ०५:२३:०० मा प्रकाशित
काठमाडौँ । विश्वव्यापी महामारी कोरोनाभाइरबाट संक्रमितको संख्या २२ करोड ५४ लाख ४३ हजार १३ पुग्दा रोग परास्त गर्नेको संख्या विश्वमा २० करोड १९ लाख ८२ हजार ९४३ पुगेको छ । तर यसमध्ये ४६ लाख ४३ हजार ४५४ को भने ज्यान गएको छ ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा अपडेटनुसार अहिले कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १ करोड ८८ लाख १६ हजार ६१६ रहेको छ । यसमध्ये १ लाख ३ हजार २०१ जनाको अवस्था गम्भीर छ, जुन संख्यापनि घटेको छ ।
संक्रमणको दर घटेका देशमा क्रमशः लकडाउन हटाउँदै लगिएको, खोपको मात्रा बढाइएको छ । खाेप प्रभावकारी रहेकाे स्वास्थ्य संगठनहरूले बताउँदै आइरहेका छन् ।
नेपालमा पनि संक्रमणमा कमी आएसँगै खुला गरिएको छ । पछिल्लो दिनमा १३ जनाको भाइरसका कारण ज्यान गएको छ । तर केहि समय यता संक्रमितभन्दा निको हुने बढेका छन् । समय थोरै सहज हुँदै गएको जानकारहरुले बताएपनि मापदण्ड विर्सनुनहुने उनीहरुको भनाइ छ ।
नेपालमा अहिलेसम्म ७ लाख ७७ हजार १६३ ले रोग परास्ता गरिसकेका छन् । देशमा अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ रहेको छ । अहिलेसम्म १० हजार ९४९ जनाले ज्यान गुमाइसकेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
प्रतिकृया दिनुहोस