कोरोनाबाट विश्वमा ४६ लाख ४३ हजार ४५४ ले ज्यान गुमाए, पछिल्लो समय निको हुनेको संख्या बढ्दाे
- गाउँ सहर संवाददाता
- २८ भदौ सोमबार, २०७८ | ०५:२३:०० मा प्रकाशित

काठमाडौँ । विश्वव्यापी महामारी कोरोनाभाइरबाट संक्रमितको संख्या २२ करोड ५४ लाख ४३ हजार १३ पुग्दा रोग परास्त गर्नेको संख्या विश्वमा २० करोड १९ लाख ८२ हजार ९४३ पुगेको छ । तर यसमध्ये ४६ लाख ४३ हजार ४५४ को भने ज्यान गएको छ ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा अपडेटनुसार अहिले कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १ करोड ८८ लाख १६ हजार ६१६ रहेको छ । यसमध्ये १ लाख ३ हजार २०१ जनाको अवस्था गम्भीर छ, जुन संख्यापनि घटेको छ ।
संक्रमणको दर घटेका देशमा क्रमशः लकडाउन हटाउँदै लगिएको, खोपको मात्रा बढाइएको छ । खाेप प्रभावकारी रहेकाे स्वास्थ्य संगठनहरूले बताउँदै आइरहेका छन् ।
नेपालमा पनि संक्रमणमा कमी आएसँगै खुला गरिएको छ । पछिल्लो दिनमा १३ जनाको भाइरसका कारण ज्यान गएको छ । तर केहि समय यता संक्रमितभन्दा निको हुने बढेका छन् । समय थोरै सहज हुँदै गएको जानकारहरुले बताएपनि मापदण्ड विर्सनुनहुने उनीहरुको भनाइ छ ।
नेपालमा अहिलेसम्म ७ लाख ७७ हजार १६३ ले रोग परास्ता गरिसकेका छन् । देशमा अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ रहेको छ । अहिलेसम्म १० हजार ९४९ जनाले ज्यान गुमाइसकेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस