कोभिड—१९ (पहिलो लहर) ले गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा पारेको प्रभाव (अध्ययन प्रतिवेदन)
- गाउँ सहर संवाददाता
- २७ भदौ आइतबार, २०७८ | १८:००:०० मा प्रकाशित
काठमाडाैँ । नेपाल राष्ट्र बैंक पोखरा कार्यालय, अनुसन्धान इकाईले कोभिड—१९ (पहिलो लहर) ले गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा पारेको प्रभाव अध्ययन प्रतिवेदन सार्वजनिक गरेकाे छ ।
उसका अनुसार, यो अध्ययनमा पर्यटकीय स्थल, पर्यटन व्यवसायको घनत्व तथा पर्यटक आगमनको आधारमा प्रदेशका ११ जिल्लाहरुमध्ये कास्की, म्याग्दी, मुस्ताङ्ग, तनहुँ, लमजुङ्ग, मनाङ्ग र नवलरासी गरी ७ जिल्ला नमुनाको रुपमा छनौट गरिएको छ ।
अध्ययनमा कोभिड–१९ (पहिलो लहर) पछि दोस्रो लहर आउनु अघिसम्मको अवधिमा पर्यटन क्षेत्रको आम्दानी तथा रोजगारीमा पुगेको असरलाई समष्टिगत रुपमा अध्ययन गरिएको छ । अध्ययनमा होटल तथा रिसोर्ट, रेष्टुरेण्ट तथा बार, साहसिक पर्यटन, टुर्स तथा ट्राभल्स एजेन्सी, ट्रेकिङ एजेन्सी र होम–स्टेका ३५६ व्यवसायीहरुको स्थलगत सर्वेक्षण गरिएको छ ।
बन्दाबन्दी अवधिमा सर्वेक्षणमा संलग्न अधिकांश पर्यटन व्यवसायहरु पूर्ण रुपमा बन्द भएको पाइएको छ । सो अवधिमा ५३.१ प्रतिशत कर्मचारी÷कामदारको रोजगारी कटौती भएको र रोजगारी कटौती हुनेमा अस्थायी/ज्यालादारी कामदारको हिस्सा ८९.५ प्रतिशत रहेको पाइएको छ । बन्दाबन्दी अवधिमा कर्मचारी/कामदारको तलब सुविधा औसतमा ५७.३ प्रतिशतले कटौती भएको पाइएको अध्ययनमा बताइएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
प्रतिकृया दिनुहोस