स्वास्थ्य

कोरोनालाई परास्त गर्नेको संख्या विश्वमा २० करोड १५ लाख ८५ हजार १०१

काठमाडौँ । विश्वव्यापी महामारी कोरोनाभाइरलाई परास्त गर्नेको संख्या विश्वमा २० करोड १५ लाख ८५ हजार १०१ पुगेका छन् । कुल संक्रमितको संख्या भने २२ करोड ५० लाख ५७ हजार ५३५ छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा अपडेटनुसार भाइरसका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या ४६ लाख ३७ हजार ४२१ पुगेको छ । तर पछिल्लो समय यसबाट मृत्यु हुनेको संख्या ह्वात्तै घटेको छ ।

इन्फोका अनुसार अहिले कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या १ करोड ८८ लाख ३५ हजार १३ रहेको छ । यसमध्ये १ लाख ३ हजार २९८ जनाको अवस्था गम्भीर छ, जुन संख्यापनि घटेको छ ।

संक्रमणको दर घटेका देशमा क्रमशः लकडाउन हटाउँदै लगिएको, खोपको मात्रा बढाइएको छ ।

नेपालमा पनि संक्रमणमा कमी आएसँगै खुला गरिएको छ ।

गाउँ सहर संवाददाता