के हाे निपाह भाइरस, कसरी सर्छ, राेकथाम के ?
- गाउँ सहर संवाददाता
- २५ भदौ शुक्रबार, २०७८ | २०:१९:०० मा प्रकाशित
काठमाडौँ । निपाह भाइरस पशुबाट मानिसमा सर्ने एक गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो । यस भाइरस प्राकृतिक रूपमा फ्रूट ब्याट भन्ने प्रजातिको चमेरोमा पाइन्छ ।
यो संक्रमित चमेराबाट सुँगुर, गाई, गोरूजस्ता हुँदै मानिसमा सर्दछ । यस्तै संक्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा र संक्रमितको रगत, दिसा, पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि सर्दछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसका लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्नु, टंसिलाइटिस हुनु र श्वासप्रश्वासमा कठिनाइ पर्दछन् ।
यसको रोकथामको लागि फलफूल पखालेर खाने, तरकारी सकेसम्म पकाएर खाने, गाइवस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर पिउने, बेलाबेलामा साबुनपानीले हात धुने, भिडभाडमा जाँदा मास्क लगाउने गर्नुपर्ने मन्त्रालयको भनाइ छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस