तेह्रथुम पावरको आइपीओ, ७४ हजार ४०० भित्र पर्नुभाे ?
- गाउँ सहर संवाददाता
- २५ भदौ शुक्रबार, २०७८ | ११:४८:०० मा प्रकाशित
काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ शुक्रवार बाँडफाँट भएको छ ।
विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा बिहान १० बजे भएको बाँडफाँटमा ७४ हजार ४०० जनाले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर पाएका छन् ।
कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि छट्याएको प्रतिकित्ता रू. १०० अंकित दरको रू. ८ करोड बराबरको ८ लाख कित्तामध्य ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत दरको १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।
२३ लाख ५५ हजार ४४७ आवेदकहरुले २ करोड ७८ लाख ४०० कित्ता शेयर खरिदको लागि आवेदन दिएकोमा ८ हजार ८२० जनाको आवेदन रद्द भएको छ । योग्य २३ लाख ४६ हजार ६२७ जना आवेदकहरुमा गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो ।
कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्नुपूर्व आयोजना प्रभावित स्थानियमा आईपीओ विक्री गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित तेह्रथुम जिल्लाका वासिन्दाहरुलाई रू. ४ करोड बराबरको ४ लाख कित्ता शेयर विक्री गरेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस