बन्दीपुर केबलकारको आइपीओ निष्कासन हुँदै
- गाउँ सहर संवाददाता
- १६ चैत बिहीबार, २०७९ | १३:००:०० मा प्रकाशित
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपीओ निष्कासन गर्ने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक शेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडसँग सम्झौता गरेको छ ।
लिमिटेडको प्रतिशेयर रु एक सय दरका २५ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । आइपीओ निष्कासनका लागि बुधबार नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माबीच धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कूल रु तीन अर्ब ४९ करोड लागत रहेको कम्पनीको चुक्ता पुँजी रु दुई अर्ब पन्ध्र करोड छ । चुक्ता पुँजीको दुई प्रतिशत अर्थात् रु चार करोड ३० लाख बराबरको साधारण सेयर परियोजना प्रभावित स्थानीयलाई छुट्याइनेछ भने दश प्रतिशत अर्थात रु २१ करोड ५० लाख बराबरको शेयर सर्वसाधारणलाई छुट्याइने छ ।
परियोजना निर्माण विसं २०७६ साउन ४ मा सुरु भएको थियो । कम्पनीले केबलकार, पाँच तारे होटल, जीप लाइन, बन्जी जम्प, क्यान्टि लिभर सहितको सिसाको पुल, क्विन टावर लगायतका पूर्वाधार निर्माण गर्दैछ ।
कम्पनीले विसं २०८० वैशाख २५ गते केबलकार सञ्चालनका लागि परीक्षण गर्ने तयारी थालेको छ भने पाँच तारे होटल आगामी मङ्सिरमा सञ्चालन गर्ने कम्पनीको तयारी छ । बन्दीपुर गाउँपालिका–४ ठुल्ढुङ्गादेखि बरालथोकसम्म पुग्छ । केवलकार एक किलोमिटर लम्बाइको हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस