कोरोनाभाइरसका कारण १० जनाको मृत्यु, अब सक्रिय संक्रमित २९ हजार ४७९ मात्र
- गाउँ सहर संवाददाता
- २३ भदौ बुधबार, २०७८ | १६:५१:०० मा प्रकाशित
काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या १० हजार ८८९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ १ हजार ६४० संक्रमित थपिएका छन् । सोसहित कुल संक्रमितको संख्या पिसिआर परीक्षणबाट ७ लाख ७३ हजार ५२९ र एन्टिजेन विधिबाट ८६ हजार ६ पुगेको छ । अहिलेसम्म पिसिआरबाट ३९ लाख ९ हजार ५९९ र एन्टिजेनबाट ४ लाख ९९ हजार ७२५ परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समयमा निको हुनेको संख्या २ हजार १६१ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ३३ हजार १६१ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले ४८८ जना संक्रमित सघन र १४० जनाको भन्टिलेटरमा उपचारार्थ छन् । देशभरका संस्थागत क्वारेन्टाइनमा रहनेको संख्या २५६, होम आइसोलेशनमा रहने २७ हजार ६९० र संस्थागत आइसोलेशनमा १ हजार ७८९ रहेका छन् ।
देशमा सक्रिय संक्रमण २९ हजार ४७९ मा रहेको छ ।
मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ९४.८ छ । पूर्ण खोप लगाउनेको संख्या ५० लाख ५६ हजार ८०३ पुगेको छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.४ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३६७ रहेको छ ।
अझैपनि १७ जिल्लामा ५०० बढी संक्रमित र २१ जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस