डब्लुएचओको दक्षिणपूर्वी एसिया राष्ट्रको क्षेत्रीय समितिको बैठकः जारी गरिएकाे १२ बुँदामा के छन्
- गाउँ सहर संवाददाता
- २३ भदौ बुधबार, २०७८ | ०७:४०:०० मा प्रकाशित

काठमाडौँ । दिगो विकास लक्ष्य प्राप्तिका लागि स्वास्थ्य प्रणालीको उत्थानशीलतालाई थप सबलीकरण गर्ने सम्बन्धमा १२ बुँदे घोषणपत्र जारी गर्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशियाली राष्ट्रको क्षेत्रीय समितिको ७४ औं बैठक सम्पन्न भएको छ ।
भर्चुअलरुपमा सञ्चालित दुई दिने सो बैठकले जारी गरेको घोषणापत्रमा कोभिड–१९ को महामारीबाट पाठ सिक्दै स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न, स्वास्थ्यको सर्वव्यापी पहुँच पु-याउन र दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि राजनीतिक नेतृत्वको सहभागिता हुनुपर्नेमा जोड दिएको उल्लेख छ ।
घोषणा पत्रमा महामारीको दौरान र महामारीपश्चात्को समयमा अत्यावश्यक स्वास्थ्य सेवा र जनस्वास्थ्यका कार्यक्रम सञ्चालन राख्नका लागि समुदायलाई संलग्न गराउन, समुदायको सशक्तीकरण गर्न, जोखिममा रहेका र प्रभावित समुदायका लागि प्रभावकारी प्रतिकार्य सञ्चालन गर्न, जनस्वास्थ्य आपत्कालीनसम्बन्धी र विपद् जोखिम व्यवस्थापनसम्बन्धी रणनीतिलाई एकीकृत गर्न, प्राथमिक स्वास्थ्य स्याहारमा निगरानी तथा तयारी क्षमताको सुदृढीकरण गर्न सदस्य राष्ट्रले प्रतिबद्धता जनाएको छ ।
जनस्वास्थ्य सम्बन्धी आपत्काललाई सम्बोधन गर्न र सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भएको सुनिश्चित गर्नका लागि राष्ट्रिय क्षमता विकास कार्यमा डब्लुएचओको महत्वपूर्ण भूमिका हुनुपर्नेसमेत घोषणापत्रमा उल्लेख छ । सदस्य राष्ट्रहरूले प्राथमिक स्वास्थ्य स्याहारको मानसिक स्वास्थ्य तथा अन्य रोगलगायतका नसर्ने रोगलाई समाहित गर्ने, प्राथमिक स्वास्थ्य स्याहार सेवाका लागि राष्ट्रिय गुणस्तर मापदण्ड स्थापना गर्ने र महामारी तथा पुनःरुत्थानको दौरानमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
त्यस्तै परम्परागत औषधि प्रणालीको सम्भाव्यताको उचित उपयोग गर्ने र डिजिटल स्वास्थ्य प्रविधिमा भएका नवीनतम आविष्कारको पनि सर्वोत्तम उपयोग गर्ने घोषणापत्रमा उल्लेख छ ।
बैठकमा ११ राष्ट्र नेपाल, बङ्गलादेश, भारत, भुटान, श्रीलङ्का, माल्दिभ्स, थाइल्याण्ड, उत्तर कोरिया, इन्डोनेसिया, म्यानमार, पूर्वी टिमोरका स्वास्थ्यमन्त्री सहभागी थिए ।
बैठकले सार्वजनिक स्वास्थ्य आपत्कालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गतिदिने र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगको उन्मूलनलगायतका विषयमा समेत छलफल गरेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस