गाउँ सहर

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

काठमाडौँ । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ ।

मादी नगरपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

हत्या हुनेहरुमा तेजबहादुर कार्की, उनकी आमा, उनकी श्रीमती, बुहारी र दुई जना नाती छन् ।

घटनाकाे थप विवरण आउन बाँकी छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत