कांग्रेस महाधिवेशन : पहिलो दिन ४१ जिल्लामा वडा अधिवेशन सम्पन्न
- गाउँ सहर संवाददाता
- १९ भदौ शनिबार, २०७८ | ०८:२३:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि पहिलो दिन ४१ जिल्लामा वडा अधिवेशन भएको छ । नेपाली काग्रेसको केन्द्रीय निर्वाचन समितिकाअनुसार महाधिवेशन भएका ४१ जिल्लाका कति वडामा सर्वसम्मत भयो र कति वडामा चुनावी प्रक्रियाबाट प्रतिनिधि चुनीय भन्ने विवरण भने भोलिमात्र आउने छ ।
“आज ४१ जिल्लामा अधिवेशन प्रारम्भ भएको छ । झापा र मुस्ताङले १९ गते अधिवेशन गराउन अनुमति लिएका छन्,” केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले भने, “बाँकी जिल्लाले आगामी २३ गतेभित्र अधिवेशन सक्नेछन् ।”
उनकाअनुसार झापा र मुस्ताङ जिल्ला निर्वाचन अधिकृतले भने शनिबार अधिधवेशनको प्रक्रिया थाल्न अनुमति लिएका छन् ।
विवादित २१ जिल्लाको के हुन्छ भन्ने विषयमा भने निर्वाचन समिति नै अन्योलमा छ । “उहाँहरूले आजभोलिमै क्रियाशील सदस्यको नामावली दिनुभयो भने २५, २६ गतेभित्र अधिवेशन हुन्छ, दिन सक्नुभएन भने पछि हुन्छ,” यादवले भने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस