परिवार दल अध्यक्ष ढकाल किन जाँदैछन् दिल्ली ? कुरा यस्ताे !
- गाउँ सहर संवाददाता
- १८ भदौ शुक्रबार, २०७८ | १७:०४:०० मा प्रकाशित
काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल शुक्रबार एयर इन्डिया बिमान मार्फत दिल्ली भ्रमणको लागि प्रस्थान गरेका छन् ।
भारतीय सांसदहरुको निमन्त्रणामा छिमेकी मित्र राष्ट्र भारतको भ्रमणमा चार दिन रहँदा अध्यक्ष ढकालले इंडिया इन्टरनेश्नल सेन्टरमा आयोजित क्षेत्रीय शान्ति तथा सुरक्षा सम्बन्धी कार्यक्रममा सहभागिता जनाउने भ्रमणमा सहभागी परिवार दलका प्रवत्ता सन्तोष पौडेलले जानकारी दिए ।
भ्रमणको क्रममा दुई देशको मित्रता अभिवृद्धि गर्न भारतीय नेताहरुसंग छलफल हुनेछ । ढकाल यही भाद्र २२ गते स्वदेश फर्कने ढकालको सचिवालयले जनाएको छ ।
दलको केन्द्रीय कार्यसमितिको बैठकले तेश्रो राष्ट्रिय महाधिवेशन यहि कार्तिक २८–२९ गते काठमाडौमा सम्पन्न गर्ने निर्णय गरेसँगै ढकालले गरेका भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस