राजनीति

परिवार दल र एमालेबिच चुनाबी तालमेलका बारेमा दर्जन बढी जिल्लामा छलफल

 

काठमाडौं । पाँच बुँदे सहमति गरेर अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा होमिएका नेकपा एमाले र नेपाल परिवार दलबीच चुनाबी तालमेल बारेमा बिभिन्न जिल्लामा छलफल शुरु भएको छ । छलफलपछि कुन कुन स्थानीय तहमा एमाले र कुनमा परिवार दल उम्मेदबार बन्ने भन्ने बारेमा टुङो लगाउन छलफल भएको परिवार दलले जनएको छ ।  

सहमतिमा नेकपा एमाले र नेपाल परिवार दलका जिल्ला कमिटिहरुले आपसमा छलफल गर्ने र तालमेलका सम्बन्धमा उपयुक्त निर्णय गर्ने सहमति बमोजिम झापा ,मोरङ, सुनसरी, धनुषा,चितवन, सुर्खेत,कैलाली, कास्की लगायतको जिल्लामा एमालेका नेताहरुसँग छलफल भएको छलफमा सहभागि परिवार दलकी सहमहामन्त्री मिलन कुमारी राजबंशीले जानकारी दिईन । सहमति अनुुुसार जिल्ला तहमा भएको छलफल र सहमतिको सम्बन्धमा आ आफ्नो प्रदेश र केन्द्रीय नेतृत्व समक्ष नियमित रुपमा प्रतिबेदन प्रस्तुत गर्ने तयारी गरिएको परिवार दलले जनाएको छ । परिवार दलले २०७४ सालको निर्वाचनमा ३ बुँदे सहमति गरेर एमालेसँग चुनावी सहकार्य गरेको थियो परिवार दलका पार्टी सचिव हरि जिसीका अनुसार एमालेसँग बिभिन्न जिल्लामा भएको छलफलमा एमालेको तर्फबाट  एमालेको जिल्ला समन्वय समितिको अध्यक्ष र नेपाल परिवार दलको तर्फबाट  जिल्ला समन्वय समितिको अध्यक्ष  तथा केन्द्रीय सदस्य र जिल्लाका सदस्यहरुको सभागिता रहेको बताए ।

यसैबीच  नेपाल परिवार दल र नेकपा एमाले बिच पहिलो भेट्वार्ता सम्पन्न भएको छ । दुई पार्टी बीच चुनावी गठबन्धन बलियो बनाउने सहमति भएको छ भने परिवार दलले स्थानीय निकायमा प्रतिनिधित्व गराउने एमाले जिल्ला स्तरिय नेताहरु सहमत भएका छन् । छलफलमा नेपाल परिवार दलका जिल्ला कार्य समन्वय समितिका सचीव केदार ढुंगाना, सदस्यहरु राजेन्द्र  मुर्ति पन्त, श्री राम बस्नेत, सुमिता राजबंशी केन्द्रको तर्फबाट सहमहामन्त्री मिलन राजबंशीको उपस्थिति रहेको थियो भने नेकपा एमालेको तर्फबाट जिल्ला कार्य समन्वय समितिको अध्यक्ष दीपक कार्की र कार्यलय सचीव छबिलाल बिस्वकर्माको उपस्थिति रहेको थियो । यस्तै नेकपा एमाले कैलाली  र नेपाल परिवार दल जिल्ला कैलाली  समन्वय समिति को तेसो पटक  बैठक एमालेका नगर अध्यक्ष राम चन्द्र जोशी र निर्वाचन विभाग का नगर अध्यक्ष चुडामणी भट्ट नेपाल परिवार दल कैलाली जिल्लाको तर्फबाट जिल्ला अध्यक्ष विशाल चौधरी केन्द्रीय सदस्य बिष्णु बिके प्रदेश सदस्य सीता पाठक लगायतका बिच पनि छलफल भएको छ ।  

यस्तै धनुषा एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादव र परिवार दल बाट सह महामन्त्री अब्दुल कयुम शाह जिल्ला अध्यक्ष शिबसन्कर यादव लगायतले छलफल गरेका छन् । यसैगरी सुर्खेत नेकपा एमाले र नेपाल परिवार दल बीच  चुनावी ताल मेल को विषयमा सुर्खेत मा दोस्रो चरणको  छलफल सम्पन्न । छलफलको क्रममा नेकपा एमाले जिल्ला कार्यसमिती अध्यक्ष अमृत बि.सि र नेपाल परिवार दल जिल्ला कार्यसमिती सुर्खेतका अध्यक्ष मन बहादुर थापाबीच छलफल भएको छ । मोरङ जिल्ला समन्वय समिती मा नेपाल परिवार दल र नेकपा एमाले बिच पहिलो भेट्वार्ता सम्पन्न भएकोे छ । बैठकमा नेपाल परिवार दलका तर्फबाट जिल्ला समन्वय समितिका अध्यक्षसरोज पौडेल, उपाध्यक्ष लोक बहादुर गिरी, केन्द्रको तर्फबाट सहमहामन्त्री मिलन राजबंशी तथा नेकपा एमालेको तर्फबाट जिल्ला समन्वय समितिको अध्यक्ष ऋषिकेश पोखरेलसँग छलफल गरेको छ ।

यसैगरी सुनसरीमा पनि एमाले र परिवार दलबीच छलफल भएको छ । परिवार दलका  अध्यक्ष लक्ष्मण कार्की, केन्द्रको तर्फबाट सहमहामन्त्री मिलन राजबंशीको उपस्थिति रहेको थियो भने नेकपा एमालेको तर्फबाट जिल्ला  समन्वय समितिको अध्यक्ष रेवतिरमण भण्डारी बीच छलफल भएको छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत