गाउँ सहर

नेपाल परिवार दलको राष्ट्रिय महाधिवेशन कार्तिक २८–२९ गते हुने

काठमाडौं । नेपाल परिवार दलको तेश्रो राष्ट्रिय महाधिवेशन यहि कार्तिक २८–२९ गते काठमाडौमा हुने भएकाे छ । केन्द्रिय कार्यसमितिको बैठक दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालको अध्यक्षतामा सोमबार बसेकाे बैठकले उक्त निर्णय गरेको हाे ।

बैठकले दलको बिधान शंशोधनको शिफारिस गर्न अधिबक्ता दयाराम कंडेलको संयोजकत्वमा केन्द्रिय सदस्यहरु गणेश कुमार श्रेष्ठ, गोबिन्द नाथ मिश्र, सभासद मिलन कुमारी राजबंशी र अधिबक्ता राजेश कुमार बिष्ट सम्मिलित समिति गठन गरेको छ । त्यसैगरी महामन्त्री बिनोद डाँगीको संयोजकत्वमा सबै प्रदेश संयोजक सदस्य रहने गरि प्रदेश तथा स्थानीय क्षेत्रमा संयोजक तोक्न शिफारिस समिति पनि गठन गरेको दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिए । परिवार दलको  पचास हजार क्रियाशील सदस्यहरुको प्रतिनिधित्व गर्दै २५०० प्रतिनिधिले महाधिवेशनमा श–शरीर वा अनलाइनको माध्ययमवाट सहभागी जनाउने महामन्त्री बिनोद डाँगीले जानकारी दिए । बैठकमा महाधिवेशनमा प्रयोग गरिने डिजिटल प्रविधिको प्रस्तुति पनि गरिएको थियो ।

केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अन्य पार्टी संग सहकार्य गर्दा धोका खानु परेको बताउदै आगामी निर्बाचनमा नेपाल परिवार दल स्वतन्त्र ढंगले शशक्त सहभागी हुने उल्लेख गरे ।  ढकालले नेपालमा बैकल्पिक लोकतान्त्रिक शक्तिको आबस्यकता निर्बिकल्प रहेको बताउदै अब उप्रान्त देशका बहुमत जनतालाई परिवार दल संग जोड्न बिशेष कार्यक्रम पार्टीले तर्जुमा गर्ने बताउनु बताए । नेता ढकालले देशका ठूला भनौदा पार्टीहरुले जनादेशको अपमान गरेको भन्दै अब जनताहरुले विकल्प खोज्ने जिकिर गरे ।  

ढकालले कम्युनिष्ट र कांग्रेसको ध्रुविकरण नौलो नभएको भन्दै यी दुइ पार्टीमा खासै भिन्नता नरहेकोले सच्चा देशभक्त र लोकतन्त्रवादीहरुले जुजारू र जिम्बेवार नयाँ शक्ति निर्माण गर्नु पर्ने धारणा राखे ।  

बैठकले केन्द्रिय सदस्यमा बिष्णुकुमारी बिश्वकर्मा (कैलाली), पूर्णप्रसाद कोइराला (दैलेख), केशव श्रेष्ठ (काठमाडौँ), टिकाराज विश्वकर्मा (लम्जुङ्ग), शंकर ढकाल (कैलाली) लाई मनोनोयन गरेको छ ।

बैठकले पिस फोर्सको केन्द्रिय अध्यक्षमा रबिन्द्र चौलागाईं (रामेछाप) लाई जिम्बेवारी दिएको छ ।  बैठकमा बोल्दै महामन्त्री बिनोद डाँगीले देशप्रतिको निष्ठा र जनसेवामा परिवार दलसँग अन्य कुनै दलको तुलना नहुने भन्दै परिबर्तनको प्रतिनिधित्व परिवार दलले मात्र गर्न सक्ने बताए ।

बैठकमा केन्द्रिय सदस्यहरु मनोजलाल कर्ण, अब्दुल कैयुम शाह, सन्त बहादुर पन्त, राजेश कुमार बिष्ट, प्रकाश बाबु थापा, नबिन बजगाईं, बुद्धिमाया पुन, रामचन्द्र चौधरी, अनिल भण्डारी, गणेश कुमार श्रेष्ठ, लक्ष्मी भण्डारी, बिजय राज कट्टेल, शिबकृष्ण श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

केन्द्रिय सल्लाहाकारहरु केशव चौलागाईं, प्राध्यापक नारायण शर्मा गजुरेल, पूर्व एआईजी प्रकाश कुँबर, पूर्व एसएसपी सुरेश कुमार केसी लगायतले परिवार दलको भबिष्य राम्रो रहेको भन्दै जनताको भावनाको प्रतिबिम्बित हुने कार्यक्रम लयाउन दललाई सुझाब दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत