नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया आजदेखि सुरु
- गाउँ सहर संवाददाता
- १८ भदौ शुक्रबार, २०७८ | ०५:४२:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अर्थात कुम्भ मेला प्रक्रिया आज (शुक्रबार) देखि सुरु हुँदैछ । पार्टी र कार्यकर्ताको जीवनमा महत्वपूर्ण मानिने महाधिवेशन तेस्रो पटक सरेर चौथो पटक हुन लागेको हो ।
आगामी मंसिर ९ देखि १३ गतेसम्म हुने महाधिवेशनका लागि शुक्रबार क्रियाशिल सदस्यता टुंगिएका ५६ जिल्लाको वडा वडामा अधिवेशन हुन लागेको हो । केन्द्रीय निर्वाचन समितिले ५६ जिल्लाका अधिकांश वडामा अधिवेशनका लागि तयारी पूरा भएको जनाएको छ ।
५६ जिल्लाका ८० प्रतिशत वडामा शुक्रबार नै अधिवेशन हुने र विभिन्न कारणले रोकिएका वडामा भदौ २६ गतेभित्र गर्ने गरी निर्वाचन अधिकृतहरुलाई जिम्मेवारी दिइएको थियाे । बाँकी जिल्लाहरुमा क्रियाशिल सदस्यताका टुंगिएपछि अधिवेशन सुरु हुनेछ।
अझैपनि प्रदेश १ः मोरङ, प्रदेश २ : आठवटै जिल्लाको बाँकी रहेकाे छ । त्यसैगरि बागमतिः काठमाडौं, काभ्रे, रसुवा र सिन्धुपाल्चोक, लुम्बिनीः बाँके र बर्दिया, कर्णाली : डोल्पा र सुर्खेत र सुदूरपश्चिमः बाजुरा, डडेल्धुरा र कैलाली
यसरी चुनिनेछन् क्षेत्रीय प्रतिनिधिः
निर्वाचन निर्देशिका २०७८ अनुसार प्रत्येक वडाबाट सभापतिसहित कम्तिमा १६ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् ।
१५० जनासम्म क्रियाशिल सदस्यता रहेको वडाबाट १६ जना, २५० सम्म भएको वडाबाट २६ जना, ३५० जनासम्म क्रियाशिल सदस्यता भएको वडाबाट ३६ जना, ४५० जनासम्म भएको वडाबाट ४६ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।
त्यस्तै ५५० जना क्रियाशिल सदस्यता भएको वडाबाट ५६, ६५० जनासम्म भएका वडाबाट ६६ जना, ६७० जनासम्म क्रियाशिल सदस्यता भएको वडाबाट ६६ जना र ७५० जना क्रियाशिल वा सोभन्दा बढी भएको वडाबाट ७६ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् ।
कांग्रेसले प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय तथा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गतेका लागि तोकेको छ ।
त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते र प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गतेका लागि तोकिएको छ ।
मंसिर ९–१३ मा महाधिवेशन गर्ने कार्यतालिका छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस