राजनीति

दुई शीर्ष नेता मन्त्रीपरिषद् बिस्तारबारे छलफल जुटे

फाइल तस्बिर

काठमाडौं । सत्ता गठबन्धनका दुई शीर्ष नेताहरु मन्त्रीपरिषद् बिस्तारबारे छलफलमा जुटेका छन् ।

अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच छलफल भइरहेको छ ।

दुई नेताबिच सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल भइरहेको हो । उनीहरुबिच सरकार बिस्तार र भावी राजनीतिक सहयात्राबारे छलफल भइरहेको छ ।

यसअघि बालुवाटार स्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो ।

 

गाउँ सहर संवाददाता