पुस्तकालय दिवसमा राहत वितरण
- गाउँ सहर संवाददाता
- १६ भदौ बुधबार, २०७८ | १२:४७:०० मा प्रकाशित

लेखनाथ । १४ औं पुस्तकालय दिवसको अवसर पारेर दिप शिखा सामुदायिक पुस्तकालय पोखरा २९ र रिड नेपालको सहयोगमा राहत वितरण गरेको छ । सवल समाजको आधार सार्वजनिक पुस्तकालयको बिकास र विस्तार भन्ने मुल नाराका साथ कोभिड –१९ प्रतिकार्य परियोजना अन्तरगत दैनिक गुजारा चलाउन नसक्ने गरीव तथा असक्तहरुलाई खाद्य सामग्री वितरण गरिएको हो ।
पुस्तकालयले पढ्ने र पढाउने मात्र होईन गरिव तथा असक्त दिर्घ रोगीको जिविकोपार्जनका लागि सहयोग पनि गर्छ भन्ने भावनका साथ संचालन गरिएको राहत वितरण कार्यक्रममा मृगौला, मुटु, पक्षयघात तथा शारीरिक अपाङ्गता भएका १२ जनालाई सहयोग गरेको हो ।
कार्यक्रममा वडा नं २९ का वडाअध्यक्ष चेतबहादुर गुरुङले राज्यले दैनिक गुजार चलाउन नसक्ने र जिवन यापनका लागि मजदुरी समेत गर्न नसक्ने समुदायको लागि सहयोग गर्दै आएको विचार राख्नु भएको थियो ।
दिप शिखा सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य दिपकमणि भण्डारीले स्वागत र कार्यलय प्रमुख धनमाया पाहारीले कार्यक्रम संचालन गरेकी थिईन ।
यसैबीच पुस्तकालय दिवस कै अवसर पारेर मंगलवार वडा नं २९ को शहरी स्वास्थ्य केन्द्रमा परिसरमा हात धुने स्टायाण्ड सहितको पानी टंकी राखिएको थियो भने सोमवार स्वास्थ्य जनचेतनाका लागि पुस्तकालय परिसरमा सरसफाई र वाटोमा मास्क नलगाई हिडेकालाई मास्क वितरण गरिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हरियाली बाटाेमा शेयरबजार, लगानीकर्तामा थपियाे उत्साह
- साउने संक्रान्ति : लुतो फ्याँक्ने चलन, किन फालिन्छ लुतो नयाँ पुस्तालाई थाहै छैन्
- बिर्सनुभयाे कि -बीपी राजमार्गमा आजदेखि राति १२ घण्टा यातायात सञ्चालन नहुने
- आर्थिक वर्षकाे अन्तिम दिन नेप्से परिसूचक २८ सय नजिक, काराेबार रकममा वृद्धि
- बैंकहरूले साउन महिनाका लागि घटाए ब्याज दर, बैंकमा पैसा थुप्रियाे
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस