स्वास्थ्य

काठमाडौँ उपत्यकामा थपिए ५६४ जनामा कोरोना संक्रमित

काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४१३, भक्तपुरमा ६४ र ललितपुरमा ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ ।

मंगलबार १ हजार ७८६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता