कोरोनाबाट थप २० जना संक्रमितको मृत्यु, ५३७ सघन र १६४ जनाको भेन्टिलेटरमा उपचार हुँदै
- गाउँ सहर संवाददाता
- १५ भदौ मंगलबार, २०७८ | १७:०८:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार २२२ को परीक्षण हुँदा १ हजार ६६४ संक्रमित थपिएका छन् ।
आजसम्म जम्मा ३९ लाख १५ हजार १४६ पिसिआर र ४ लाख ६८ हजार ९४५ जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा ७ लाख ६२ हजार ६४७ पिसिआरबाट संक्रमण पुष्टि भएका छन् भने एन्टिजेनबाट ८३ हजार ५०५ पुष्टि भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ५३७ सघन र १६४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा १ हजार ७८६ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख १६ हजार ३०६ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३२९ र होम आइसोलेशनमा रहेको संख्या ३३ हजार २१४ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ३७७ छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ रहेको छ ।
अहिलेसम्म पूर्ण खोप प्राप्त गर्नेको संख्या ४४ लाख ५९ हजार ७६१ पुगेको मन्त्रालयले जनाएको छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.५ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३६२.३ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरु २० छन् भने २०० माथि संक्रमित रहेका १८ जिल्लाहरु छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस