अर्थतन्त्र
सुन-चाँदीको भाउमा सामान्य गिरावट
- गाउँ सहर संवाददाता
- १५ भदौ मंगलबार, २०७८ | १३:२०:०० मा प्रकाशित
काठमाडाैं । सुनको भाउमा सामान्य गिरावट आएको छ । आज मंगलबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ प्रतितोला ९१ हजार २०० रुपैयाँ तोकिएको छ । यसैगरी तेजाबी सुन भने आज प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघको तथ्यांकले देखाउँछ । सोमबार भने सुनको भाउ स्थिर रहेर प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
सुनसँगै चाँदीको मूल्य पनि मंगलबार सामान्य रुपमा ओरालो लागेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २०५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन भने चाँदीको मूल्य पनि स्थिर हुँदा आइतबारकै मूल्य अर्थात् प्रतितोला एक हजार २१० रुपैयाँमा किनबेच भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
- श्रम संस्कृति पार्टीद्वारा बुढानीलकण्ठमा वृक्षारोपण
प्रतिकृया दिनुहोस