एमाले र जसपाका जनप्रतिनिधिले दल रोज्न पाउने मिति भदौ २२ गतेसम्म ताेकियाे
- गाउँ सहर संवाददाता
- १३ भदौ आइतबार, २०७८ | १६:१४:०० मा प्रकाशित
काठमाडौं । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी रोज्न प्रदेशसभा सदस्य र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय दिएको छ ।
आयोगले प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयलहरुलाई परिपत्र गर्दै भदौ २२ गतेभित्र एमाले र जसपा छाड्न चाहने निर्वाचित प्रतिनिधिहरु आफैँ उपस्थित भई सनाखत गराउन निर्देशन दिएको हो ।
एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भएर लोकतान्त्रिक समाजवादी गठन भएको थियो ।
नयाँ दल दर्ता गरी प्रमाणपत्र समेत दिइसकेपछि निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित भएका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रतिनिधिलाई भदौ १५ गतेदेखि २२ गतेसम्मका लागि दल रोज्ने समय दिएको हो ।
प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले सम्बन्धित प्रदेश तथा जिल्लास्थित निर्वाचन कार्यालयमा गएर आफूले दल रोजेकोबारे जानकारी गराउन सक्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
एमाले छाडेर नेकपा एकीकृत समाजवादी ल्याउन नेपाल पक्षीय नेताहरु लागेका छन् भने संस्थापन पक्षले सकेसम्म सबैलाई रोक्ने प्रयास गरिरहेको छ ।
सनाखतका लागि प्रदेशसभा सदस्यले सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा प्रदेश सभा सचिवालयबाट जारी भएको परिचयपत्र वा प्रमाणित पत्र आफैँ उपस्थित हुनुपर्नेछ ।
.jpg)
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
प्रतिकृया दिनुहोस