साइत हेरेर पूजारीकाे उपस्थितिमा विमलेन्द्र निधिले खोले बानेश्वरमा सम्पर्क कार्यालय
- गाउँ सहर संवाददाता
- ११ भदौ शुक्रबार, २०७८ | १४:३९:०० मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औँ महाधिवेशनको तयारी स्वरुप बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय खोलेका छन् ।
शुक्रबार दिउँसो थापागाउँस्थित नयाँ बानेश्वर बैंक्वेटमा निधिले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।
बिहान नौ बजेको शुभसाइतमा उनले विभिन्न मन्दिरका पूजारी ल्याएर २१ ताराको पूजा गरेका थिए । उनको सम्पर्क कार्यालयको उद्घाटनमा कांग्रेसका नेताहरु उपस्थित भएका छन् ।
शुक्रबार काठमाडौंको बानेश्वरमा सम्पर्क कार्यालय खोलेका निधिले भने, ‘म सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेको छु, त्यसकै लागि सम्पर्क कार्यालय स्थापना गरेको छु ।’
आफ्नो लक्ष्य आगामी चुनावमा सबै तहमा कांग्रेसलाई बहुमत दिलाउनु भएको उनले बताए । उपसभापति निधिले अघि भने, ‘म कसैलाई पराजित गर्न, असक्षम घोषित गर्न वा रिटायर्ड गर्न सभापति हुन लागेको होइन ।’
उनले सभापति शेरबहादुर देउवालाई आफू पनि सभापति पदमा उम्मेदवारी दिने जानकारी गराइसकेका छन् । तर, देउवाले भने सभापतिमा दाबेदारी नगर्न ग्रह गर्दै आएका छन् । देउवाका विश्वासपात्र मानिएका निधिले सभापतिको उम्मेदवारीबाट पछि नहट्ने घोषणा गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
निधि यसअघि सभापति शेरबहादुर देउवाको समूहमा थिए। यसपालि देउवाले आफूलाई सभापति सघाउनु पर्ने उनको माग थियो । देउवाले आफू नै एक पटक फेरि सभापति उठ्ने बताएपछि निधिले देउवासँग प्रतिष्पर्धा गर्ने निर्णय गरेका हुन् ।
पटक-पटक सर्दै आएको कांग्रेसको १४ औं महाधिवेशन मंसिरमा हुँदैछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस