परीक्षण घट्दा काेराेना संक्रमितकाे संख्या घट्याे, सक्रिय संक्रमितको संख्या अब १३ हजार ३०८
- गाउँ सहर संवाददाता
- २९ असोज शुक्रबार, २०७८ | १६:३४:०० मा प्रकाशित
काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ११ हजार २७७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षण गर्दा नयाँ २७२ संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित पिसिआरबाट ८ लाख ४ हजार ५१६ र एन्टिजेनबाट ९३ हजार ३४५ पुगेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुने ७७७ छन् । जुन ९६.९ प्रतिशत हो । योसहित कुल निको हुनेको संख्या ७ लाख ७९ हजार ९३१ पुगेको छ ।
अहिले ३०७ संक्रमित आइसियू र १०१ को भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर होम आइसोलेशनमा हुनेको संख्या १२ हजार २५० र १ हजार ५८ जना संस्थागत आइसोलेशनमा छन् । यसमा २३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले बताएको छ ।
देशमा सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ छ ।
पूर्ण खोप लगाउनेको संख्या ६४ लाख ६९ हजार १५९ पुगेको छ । पछिल्लो दिन कसैले खोप लगाएका छैनन् ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.७ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३८०.१ रहेको छ ।
अहिले ५ जिल्लामा ५०० बढी संक्रमण र १८ जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
- विद्यार्थीको मौन तनाव बुझ्न महाकालीका शिक्षकलाई तीनदिने प्रशिक्षण
प्रतिकृया दिनुहोस