पेट्रोलियम मूल्य वृद्धि बिरुद्ध जनमुक्ति युवा महासंघको बिरोध प्रदर्शन
- गाउँ सहर संवाददाता
- १० भदौ बिहीबार, २०७८ | ०७:०७:०० मा प्रकाशित

रुपन्देही । जनमुक्ति युवा महासंघ जिल्ला कार्य समितिको आयोजनामा सोमबार मध्यराती भएको पेट्रोलियम पदार्थ लगायत अन्य ईन्धनमा गरिएको मूल्य वृद्धि तिलोत्तमा स्थित भलवारी-चोक नेपाल आईल निगमको डिपो अगाडि बिरोध प्रदर्शन गरेको छ।
अत्यावश्यकीय उपभोग्य वस्तु पेट्रोलियम पदार्थमा भउको मूल्यवृद्धिले चौतर्फी महँगी बढ्ने भन्दै जनमुक्ती युवा महासंघका जिल्ला अध्यक्ष हेमन्त बुढाथोकीले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग का साथ बिरोध प्रदर्शन गरेको बताएकाछन् ।
बिरोध कार्यक्रम बोल्दै राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष प्रेम थापाले जनताको ढाड सेक्ने गरि लागू गरिएको मूल्य वृद्धि प्रति आपत्ति जनाए । कोरोना महामारीको संकटका बेला जनताको चुलो बन्द गराउने सरकार र नेपाल आयल निगम बिरुद्ध सबै समुदायहरुले खुलेर बिरोध गर्न अनुरोध गरे ।
त्यसै गरि जनमुक्ति युवा महासंघका केन्द्रिय सचिव राम अस्लामी मगरले पटकपटक उपभोक्ताको ढाड सेक्ने गरी गरिएको चर्को मुल्यवृद्धिको बिरुद्ध प्रतिरोध गर्न सबै तहका नागरिक समुहलाई अपिल गरेका छन् । अस्लामीले यो नेपाल आईल निगम भ्रष्टाचारको अखडा भएको आरोप पनि लगाए । निगममा बसेर अकुत सम्पत्ति हसुरेका पुर्व अध्यक्ष लगायतका निगमका कर्मचारीलाई सरकारले पक्ष पोषण गरेको आरोप लगाए ।
सोही कार्यक्रम लाई सम्बोधन गर्दै जनमुक्ति युवा महासंघ का महासचिव एल बि गोतामे खरिद मूल्य भन्दा डबल मूल्य बिक्री गरेर जनताको ढाड सेक्ने गरि गरिएको मूल्य वृद्धि तत्काल नेपाल सरकार ले फिर्ता लिनु पर्ने बताए । नेपाल र नेपालीको जनताको पक्ष सधै आवाज बुलन्द गर्ने पार्टी भनेको नै राष्ट्रिय जनमुक्ति पार्टी नै हो । अब सचेत नागरिक हरुले बुझ्ने बेला आयो चिन्ने बेला आयो । अहिले हामी ले खबरदारी मात्र गर्दै छौँ बेवास्ता गरे भोलिको दिनमा विध्वंस पनि गर्न सक्ने चेतावनी दिए ।
भलवारी चोकमा भएको बिरोध कार्यक्रम समापन अध्यक्ष हेमन्त बुढाथोकीले गरेका थिए भने कार्यक्रम संचालन जिल्ला सचिव पहल सिंह रानाले गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस