वाईसिएल पोखरा २२ को भेला एवं सम्मेलन
- गाउँ सहर संवाददाता
- ८ भदौ मंगलबार, २०७८ | २१:०३:०० मा प्रकाशित
पोखरा । योङ कम्युनिष्ट लिग वाईसिएल पोखरा वडा नं २२ को भेला एवं सम्मेलन सम्पन्न भएको छ ।सम्मेलनको मंगलबार उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल (जीवन) ले आर्थिक क्रान्ति गर्न युवा संगठित हुन हुनुपर्ने बताए । मन्त्री बरालले आर्थिक क्रान्ति गर्न सामुहिक रुपमा कृर्षि उत्पादनमा लाग्न युवाहरुलाई आग्रह गरे ।
पहिलाको जनमुक्ति सेनालाई अब फर्मेसन गर्दै ठुला बिग्रेड बनायर जानुपर्ने अबस्था आएको भन्दै माओबादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले माओबादीले नेपाली जनताको शिर झुक्ने काम नगरेको दाबी गरे ।
वाई.सि.एल.का केन्द्रिय सचिव विनय थापाले यही भदौं १२ र १३ गते काठमाण्डौंमा सेमिभर्चुअलको रुपमा वाईसिएलको भेला हुने बताए । कोभिड १९ लगायतको परिस्थितीले गर्दा हाल धेरै भिडभाड र जम्काभेट गर्न नसकिएको उनले जनाए ।नेकपा माआबोदी केन्द्र पोखरा २२ का इन्चार्ज त्रिभुवन पौडेलले संगठन विस्तार गर्न आफ्नो क्षेत्रबाट भरपूर सहयोग हुने विश्वास दिलाएका थिए । नेकपा माओबादी केन्द्र पोखरा २२ का अध्यक्ष चण्डीका प्रसाद बरालले पोखरा २२ को आधारभूत विकासको लागि सवै एक जुट हुनुपर्नेमा जोड दिए । वाईसिएल पोखरा २२ का अध्यक्ष हेमराज बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस