शिक्षा
कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन
- गाउँ सहर संवाददाता
- ८ भदौ मंगलबार, २०७८ | १२:५०:०० मा प्रकाशित
काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ ।
मंगलबार बसेको समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो ।
समितिकी सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा १२ को परीक्षा गराउन निर्देशन दिएकी हुन् । बैठकमा उपस्थित समितिका सदस्यहरुले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीचको समन्वयमा तत्काल परीक्षा गराउनुपर्नेमा जोड दिएका छन् ।
कोरोना संक्रमण जोखिमका कारण साउन ३१ देखि हुन लागेको परीक्षा स्थगित भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस