स्वास्थ्य

काठमाडाैं उपत्यकामा दैनिक काेराेना संक्रमित थपिने क्रम घटेन, साेमबार ७०८ जनामा पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४४१, भक्तपुरमा १०० र ललितपुरमा १६७ जना संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घन्टामा देशभर थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जनाको मृत्यु भएको छ ।

सोमबार १ हजार ९२४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३८ हजार ३५१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता