कस्मेटिक सर्जरीबारे तपाईंका जिज्ञासा पक्कै हाेलान्, डा. शाक्यकाे कुरा सुन्नुहाेस्
- गाउँ सहर संवाददाता
- ५ भदौ शनिबार, २०७८ | ०९:३८:०० मा प्रकाशित

कस्मेटिक सर्जरीलाई विशेषगरी तपाईंको भइरहेको सुन्दर बन्न गरिने सर्जरीका रुपमा लिने गरिन्छ। अनुहारमा नमिलेको भाग वा चाउरी परेको छाला देखि लिएर सुन्दर आँखा र सुन्दर अनुहार बनाउन गरिने कस्मेटिक सर्जरी तथा शरीरको मोटोपन घटाउन गरिने लाइपोसक्सन सर्जरीबारे स्टार अस्पतालका सिनियर कस्मेटिक सर्जन डा. जसवन शाक्यले हामीसँग यस विषयमा सरल भाषामा स्पष्ट पारे ।
हामीले कस्मेटिक सर्जरीकाे बारेमा जिज्ञासा राख्दा उनले भने, 'सामान्य भाषामा सुन्दर बन्नलाई गरिने सर्जरीलाई कस्मेटिक सर्जरी भन्निछ। प्लास्टिक सर्जरीको दुईटा पाटा हुन्छन्, एउटा रिकन्स्ट्रक्टिभ सर्जरी र अर्को कस्मेटिक सर्जरी।'
रिकन्स्ट्रक्टीभ सर्जरी भनेको जन्मजात कुनै अङ्गभङ्ग भएको, आगोले पोलेको अथवा दुर्घटनामा परेर शरीरको कुनै भाग बिग्रेर बनाउनलाई गरिने सर्जरी हो भने शरीरको कुनै पनि भाग चित्त नबुझेर बनाउनुलाई कस्मेटिक सर्जरी भनिन्छ। जस्तै, सानो नाक छ भने ठूलो बनाउने, ओठ ठूलो छ भने सानो बनाउने आदि।
डा. शाक्य भन्छन्, 'यो सर्जरी टाउकोदेखि लिएर खुट्टासम्म शरीरको जुनसुकै भागमा पनि गर्न सकिन्छ।'
सामान्यतया कस्मेटिक सर्जरी अठार वर्ष नाघेका मानिसहरुमा गर्न सकिन्छ। अठार वर्षसम्म हाम्रो शरीरको विकास हुने क्रम जारी हुन्छ भने अठार वर्षपछि त्यो क्रम रोकिन्छ। त्यहि भएर अठार वर्ष भन्दा कम उमेरकालाई कस्मेटिक सर्जरी गर्न मिल्दैन। रिकस्ट्रक्टिप सर्जरी चाहि गर्न मिल्ने उनले बताए।
उनका अनुसार, कस्मेटिक सर्जरीमा सबैभन्दा बढि गरिने भनेको आईलिड सर्जरी हो। यसमा आँखाको मुन्द्री नभएको जस्तै राई लिम्बुहरुको आँखाको मुन्द्री हुँदैन जसले गर्दा मेकअप गर्न गाजल लागाउनै पाउँदैनन् उनीहरुको लागि गरिने सर्जरी आईलिड सर्जरी हो। अर्को भनेको ४०–४५ उमेर भएपछि आँखाको ढकनी छोपिन थाल्छ र त्यसलाई खोल्ने सर्जरीलाई नै आईलिड सर्जरी भनिन्छ। हाम्रोमा यस्ता सर्जरीहरु प्रायःजसो धेरै नै आइराखेको हुन्छ। यो बाहेक स्तनको सर्जरी, सानो ब्रेस्टलाई ठूलो बनाउने, ठूलो ब्रेस्टलाई सानो बनाउने यसका आ–आफ्नै फाइदा बेफाइदाहरु हुन्छन्। बच्चा भईसकेपछि महिलाहरुको स्तन झोल्लिएको जस्तो हुने त्यसलाई टाइट, कसिलो बनाउने सर्जरी पनि गर्न सकिन्छ कस्मेटिक सर्जरीमा त्यसबाहेक पेटको बोसो निकाल्ने लाइपोसक्सन जस्ता सर्जरीहरु बढि पर्छन कस्मेटिक सर्जरीमा।
थप जिज्ञासाकाे उत्तर दिँदै डा. शाक्यले भने, 'लाइपोसक्सन भनेको यो एउटा प्रविधि हो। कुनै पनि शरीरको पेट, थाई, खुट्टाको बढि भएको बोसोलाई तान्नुलाई लाइपोसक्सन भनिन्छ। तर सबै केसमा यो प्रविधि लागु हुँदैन। डाक्टरले चेक जाँच गरिसकेपछि कस्तो अवस्थामा गर्ने नगर्ने भनेर छुट्याएपछि मात्र बोसो तान्ने काम गरिन्छ।'
सामान्यतयाः हरेक सर्जरीमा त्यसका साइड इफेक्टहरू हुने गर्दछन्। यसमा प्रत्यक्ष देखिने गरी साइड इफेक्ट भनेर हुँदैन तर यदि गर्न नमिल्ने सर्जरी हो भने डाक्टरले गर्न कहिले पनि सल्लाह दिँदैनन्, डा. शाक्य भन्छन् ।
डा. शाक्यकानुसार, यसमा उमेरको हद एउटा हो। त्यसमा पनि प्रेसर र सुगर छ भने त्यस्तो अवस्थामा गर्नु भएन। यदि मानिस स्वस्थ छ भने त्यस्तो व्यत्तिमा गर्न केही समस्या हुँदैन।
एक पटक सर्जरी गरेपछि पनि पटक पटक गर्नुपर्छ र बिग्रंदै जान्छ भन्ने भ्रम के हो ? भन्ने प्रश्नमा डा. शाक्य भन्छन्, अप्रेसन गराउने मानिसको इच्छा हन्छ कि अप्रेसन पछि मेरो अनुहार यस्तो होस् तर कहिलेकाही त्यो हुदैन जसले गर्दा हामीले त्यसलाई दोर्याएर गर्छौ र फेरि मिलाउँछौ त्यो सामान्य नै हो। यस्तोमा कति समयमा गर्नुपर्छ भन्ने कुरा डाक्टरले नै निर्णय गर्नुपर्छ। यसमा कुनै बिग्रने भन्ने हुँदैन।
तर डा. शाक्यले कस्मेटिक सर्जरी गर्ने मानिसले थाहा पाउनुपर्ने कुरा जान्नैपर्ने बताउँछन् । उनका अनुसार, कस्मेटिक सर्जरीमा काउन्सिलङ एकदमै आवश्यक हुन्छ। किनभने सर्जरी गर्ने मानिसले सोच्छ मेरो नाक सिधा गर्ने एक हप्तापछि मेरो नाक सिधा हुन्छ। तर त्यस्तो हुदैन जुनसुकै कस्मेटिक सर्जरी गर्दा त्यसको रिजल्ट आउन तीन देखि पाँच महिना कुर्नैपर्छ। त्यो समय अवधिमा सुन्निएको हुनसक्छ, कसै कसैको छाला रातो निलो हुने हुनसक्छ। यी कुराहरू प्रस्ट रूपमा बुझ्नुपर्छ। डाक्टरसँग भेट्ने र त्यो सर्जरीको बारेमा सानो भन्दा सानो कुरा पनि थाहा पाउने गर्यो भने पछि गएर सर्जरीमा केही समस्या आएमा बिरामीलाई सम्झाउन सजिलो हुन्छ। सर्जरी गर्ने सर्जन पनि दक्ष अनुभवी हुन आवश्यक छ। त्यस्तै गर्ने ठाउँ पनि सबै कुरा सम्पन्न भएको हनुपर्छ किनभने यो जीवन बचाउने सर्जरी होइन यसले त भएको सुन्दरतालाई अझ राम्रो बनाउने हो। एउटा सानो गल्तीले पनि भोलि तपाईंको जीवन बिग्रन सक्छ। त्यसैले राम्रो हस्पिटल र दक्ष अनुभवी डाक्टर छानेर सर्जरी गर्नुभयो भने राम्रो हुन्छ।
यसको लागि स्टार हस्पिटल काठमाडौंमा एकमात्र बेस्ट हस्पिटल रहेकाे डा. शाक्यकाे जिकीर छ। साे अस्पतालमा वार्ड देखि लिएर यसको इन्फ्राइन्सट्रक्चर, अप्रेसन थिएटर पनि सुविधा सम्पन्न रहेकाे उनी बताउँछन्।
'यदि तपाईं प्लास्टिक सर्जरी गर्न चाहनुहुन्छ भने तपाईंले दुईवटा कुरामा ध्यान दिनुपर्ने हुन्छ। पहिलो भनेको राम्रो दक्ष अनुभवी डाक्टर छान्ने र दोस्रो भनेको सर्जरी गराउने ठाउँ सबै कुराले सुविधा सम्पन्न भएको भयो भने प्लास्टिक सर्जरी गराउँदा ढुक्कसँग गराउन सक्नुहुन्छ' डा. शाक्य भन्छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
- निर्माण गर्दागर्दै भत्कियो रामेछापमा पुल
- लायन्स क्लब ३२५ 'ई' को डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा पाेखरेल, ट्रेजररमा र चाैलागाईँ
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
प्रतिकृया दिनुहोस