सेवा

आइएमई लिमिटेड र स्टार अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता

  • २८ असोज आइतबार, २०७५ | ११:२६:०० मा प्रकाशित

काठमाडाैँ । काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र ललितपुरस्थित सानेपामा अवस्थित स्टार अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले स्टार अस्पतालको सेवामा १५ प्रतिशतसम्म विशेषछुट पाउनेछन् । यो छुट सुविधा अस्पताल भित्रको सेवामामात्र लागू हुने जनाइएको छ ।

सेवा  लिनको लागि सेवाग्राहीहरूले आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ । सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट क्षेत्रीय प्रतिनिधि प्रमुख माधव कटुवाल र स्टार अस्पतालको तर्फबाट प्रमुख संचालन अधिकृत डा. सन्देश जी.सीले हस्ताक्षर गरेका छन् ।

यो सम्झौता सम्झौतापत्रमा हस्ताक्षर भएको मितिले एक (१) वर्ष सम्मकालागि लागु हुने विज्ञप्तिमा जनाइएकाे छ ।

तपाईँको मत