मुना कार्कीको उपचारको क्रममा स्टार अस्पताल सानेपामा मृत्यु
- गाउँ सहर संवाददाता
- २७ माघ सोमबार, २०७६ | १४:३४:०० मा प्रकाशित

काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उपचारको क्रममा स्टार अस्पताल सानेपामा मृत्यु भएको छ । अस्पतालका निर्देशक शाहील रुपाखेतीले उपचारका क्रममा उनको मृत्यु भएको जानकारी गराए ।
आफ्नै घरको भान्छा कोठामा घाइते अवस्थामा फेला परेकी पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उपचारको क्रममा सानेपास्थित स्टार अस्पतालमा निधन भएको छ । ललितपुर उपमहानगरपालिका-२, सानेपामा रहेको घरको भान्छा कोठामा गम्भीर घाइते अवस्थामा फेला परेकी कार्कीको टाउकोमा गहिरो चोट लागेको थियो । घटनास्थलमा पुगेको प्रहरीले उनको उद्धार गरी स्टार अस्पताल पुर्याएको थियो।
सानेपास्थित निवासमा कार्कीको घरमा रहेका कामदार विजय चौधरी पनि बिहान मृत अवस्थामा फेला परेका थिए । दाङ स्थायी घर भएका चौधरी डाइनिङ रुममा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।
अस्पताल प्रशासनले जानकारी दिए अनुसार श्रीमती कार्कीको टाउकोमा धेरै गम्भीर चोट लागेको छ भने घाँटी र हातमा पनि निलडामको घेरा देखिन्छ। आइतबार बिहान पशुपति दर्शन गरेर फर्किने क्रममा कार्कीले श्रीमतीलाई रगत लतपतिएको अवस्थामा फेला पारेका थिए भने कामदार मृत अवस्था फेला पारेका थिए ।
परिसरका मुद्दा शाखाका डिएसपी सन्तोष तामाङका अनुसार अहिले घटनास्थलको मुचुल्का गर्ने कार्य भइरहेको छ। सो क्रममा भान्छा कोठामा रहेको टेबुलमा साग र मोबाइल फोन फेला परेको छ भने चौधरी डाइनिङ रुममा झुण्डिएको अवस्थामा भेटिएका थिए।
प्रारम्भिक अनुसन्धानका क्रममा कामदारले नै उनको हत्या गरेको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस