विश्वभर हालसम्म काेभिडबाट ४४ लाखभन्दा बढिकाे मृत्यु, २१ कराेड संक्रमित
- गाउँ सहर संवाददाता
- ३ भदौ बिहीबार, २०७८ | ०८:०३:०० मा प्रकाशित

काठमाडौं । पछिल्लाे समय विश्वभर पुन: काेराेनाका संक्रमित बढ्न थालेकाे छ । पछिल्लाे २४ घण्टामा ६ लाख ९२ हजार थपिएका छन् भने १० हजार ४३२ काे मृत्यु भएकाे छ । त्यसैगरि ५ लाख ५३ हजार जना निकाे भएका छन् ।
संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १८ करोड ८२ लाख ९ हजार जनाभन्दा बढि छन् । विश्वभर हाल १ कराेड ७४ लाख ७६ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २१ करोड ९१ हजार नाघेको छ भने मृतकको संख्या ४४ लाख ५ हजार २१९ जना पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ८ हजार ४५ जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ८० लाख ७२ हजार भन्दा बढि संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ६ लाख ४१ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २१ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ३ कराेड ३ लाख ४१ हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा १ लाख ५८ हजार थपिएसँगै कुल ७० लाख ८९ हजारमा भाइरस सक्रिय छ ।
दाेस्राे नम्बरमा रहेकाे भारतमा थप ५११ जनाकाे मृत्युसँगै कुल संख्या ४ लाख ३३ हजार ६३ जनाकाे ज्यान गइसकेकाे छ । पछिल्लाे २४ घण्टामा ३५ हजार ७९७ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड २३ लाख २० हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ ।त्यसैगरि हालसम्म ३ कराेड १५ लाख १६ हजार जना निको भएका छन् । सक्रिय केस ३ लाख ७१ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
ब्राजिलमा पछिल्लाे २४ घण्टामा ४० हजार संक्रमित भएका छन् भने ९४४ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ५ लाख ७१ हजारभन्दा बढी छन् । हाल ५ लाख २३ हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म २ कराेड ४ लाख ५७ हजार जना संक्रमितमध्ये १ कराेड ९३ लाख ६२ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।
नेपालमा भाइरस संक्रमित ७ लाख ३९ हजार ९०७ जना पुगेका छन् भने ६ लाख ८९ हजार १७३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १० हजार ३९६ पुगेको छ भने ४० हजार ३३८ जना उपचाररत छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस