यस्तो छ राजनीतिक दल सम्बन्धी अध्यादेश, २१ दिनभित्र नयाँ पार्टीमा गएमा जनप्रतिनिधिको पद नजाने
- गाउँ सहर संवाददाता
- २ भदौ बुधबार, २०७८ | १७:०२:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी छन् ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको उक्त अध्यादेशले राजनीतिक दललाई फुटाउन सहज हुने व्यवस्था गरिएको छ ।
राजनीतिक दल सम्बन्धी अध्यादेशले २१ दिनभित्र दल रोज्न पाउने व्यवस्था जनप्रतिनिधिलाई गरेको छ ।
प्रदेशका सांसद र स्थानीय तहका जनप्रतिनिधिले अध्यादेशअनुसार निर्माण भएका पार्टी रोज्न पाउनेछन् ।
२१ दिनभित्र नयाँ पार्टीमा गएमा जनप्रतिनिधिको पद जाँदैन ।
अध्यादेशको दफा ३३ को उपदफा २ मा दल गठन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्य नयाँ दल गठन भएको २१ दिनभित्र नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन भन्ने उल्लेख गरिएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले आज राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।
अध्यादेश आएपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका महन्थ ठाकुरले भिन्नाभिन्नै पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका छन् ।
यस्तो छ अध्यादेश

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस