विषम परिस्थितीमा नेपालको भूमिका निकै महत्वपूर्ण हुने - नेता रामचन्द्र पाैडेल
- गाउँ सहर संवाददाता
- २ भदौ बुधबार, २०७८ | १६:२५:०० मा प्रकाशित

काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले अफगानिस्तानमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमकाे बारेमा टिप्पणी गर्दै सामाजिक, राजनीतिक र सुरक्षाको क्षेत्रमा निश्चयपनि प्रभाव पर्न सक्ने संभावनालाई अस्वीकार गर्न नसकिने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले साे कुरा सार्वजनिक गरेका हुन् ।
उनले भनेका छन् - "अफगानिस्तानमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबाट हामी सबै परिचित छौं । विश्वले शान्तिको कामना गरिरहेको वर्तमान अवस्थामा अफगानिस्तानको पछिल्लो अवस्थाले हामी सबैलाई स्वभाविक रुपमा चिन्तित तुल्याएको छ ।
आजको २१ औं शताब्दीमा पनि चरमपन्थी धारणाले राजनीतिक आकार ग्रहण गर्नु आफैँमा उदेक लाग्दो छ । अफगानिस्तानमा चरमपन्थीको परिचय भएको तालिवानको राजनीतिक उदय विश्वका प्रत्येक शान्तिगामीका लागि चिन्ताको विषय हो । अफगानिस्तानको घटनाले दक्षिण एशिया लगायत विश्वका अन्यत्र पनि सामाजिक, राजनीतिक र सुरक्षाको क्षेत्रमा निश्चयपनि प्रभाव पर्न सक्ने संभावनालाई अस्वीकार गर्न सकिँदैन । यस्तो विषम परिस्थितीमा नेपालको भूमिका निकै महत्वपूर्ण हुने कुरामा द्विविधा छैन ।
नेपाल हाल सार्कको अध्यक्षका साथै बिम्स्टेकको सदस्य राष्ट्र पनि हो । नेपालले अन्तर्राष्ट्रियस्तरमा समन्वय गरि यस क्षेत्रमा सुरक्षित राजनीतिक वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु अपेक्षित छ । मलाई आशा छ, सरकारले यस क्षेत्रमा उत्पन्न हुनसक्ने सबै प्रकारका चुनौतीको सम्बोधन गर्न आफ्नो सबै क्षमता परिचालन गर्नेछ ।"

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस