विषम परिस्थितीमा नेपालको भूमिका निकै महत्वपूर्ण हुने - नेता रामचन्द्र पाैडेल
- गाउँ सहर संवाददाता
- २ भदौ बुधबार, २०७८ | १६:२५:०० मा प्रकाशित
काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले अफगानिस्तानमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमकाे बारेमा टिप्पणी गर्दै सामाजिक, राजनीतिक र सुरक्षाको क्षेत्रमा निश्चयपनि प्रभाव पर्न सक्ने संभावनालाई अस्वीकार गर्न नसकिने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले साे कुरा सार्वजनिक गरेका हुन् ।
उनले भनेका छन् - "अफगानिस्तानमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबाट हामी सबै परिचित छौं । विश्वले शान्तिको कामना गरिरहेको वर्तमान अवस्थामा अफगानिस्तानको पछिल्लो अवस्थाले हामी सबैलाई स्वभाविक रुपमा चिन्तित तुल्याएको छ ।
आजको २१ औं शताब्दीमा पनि चरमपन्थी धारणाले राजनीतिक आकार ग्रहण गर्नु आफैँमा उदेक लाग्दो छ । अफगानिस्तानमा चरमपन्थीको परिचय भएको तालिवानको राजनीतिक उदय विश्वका प्रत्येक शान्तिगामीका लागि चिन्ताको विषय हो । अफगानिस्तानको घटनाले दक्षिण एशिया लगायत विश्वका अन्यत्र पनि सामाजिक, राजनीतिक र सुरक्षाको क्षेत्रमा निश्चयपनि प्रभाव पर्न सक्ने संभावनालाई अस्वीकार गर्न सकिँदैन । यस्तो विषम परिस्थितीमा नेपालको भूमिका निकै महत्वपूर्ण हुने कुरामा द्विविधा छैन ।
नेपाल हाल सार्कको अध्यक्षका साथै बिम्स्टेकको सदस्य राष्ट्र पनि हो । नेपालले अन्तर्राष्ट्रियस्तरमा समन्वय गरि यस क्षेत्रमा सुरक्षित राजनीतिक वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु अपेक्षित छ । मलाई आशा छ, सरकारले यस क्षेत्रमा उत्पन्न हुनसक्ने सबै प्रकारका चुनौतीको सम्बोधन गर्न आफ्नो सबै क्षमता परिचालन गर्नेछ ।"
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
प्रतिकृया दिनुहोस