कुलमान घिसिङको नियुक्ति बदरकाे माग निवेदनसहित शाक्य पुगे सर्वाेच्च
- गाउँ सहर संवाददाता
- ३२ श्रावण सोमबार, २०७८ | १६:३०:०० मा प्रकाशित

काठमाडौं । हितेन्द्रमान शाक्यले आफूलाई नेपाल विद्युत् प्राधिकरणमा पुनःबहालीको माग गर्दैै सर्वोच्चमा रिट निवेदन दिएका छन् । सरकारले बर्खास्त गरेकाे भन्दै शाक्य सर्वोच्च अदालत पुगेका हुन् ।
प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले दायर गरेको रिट निवेदन दर्ता गरेको सर्वाेच्चका सहरजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए ।
उनले आफू नै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा काम गर्न पाउनुपर्ने माग गर्दै रिट दायर गरेका छन् ।
“मेरो सहमतिबेगर मलाई विपक्षी जल तथा ऊर्जा आयोगको विज्ञ सदस्य पदमा नियुक्त गर्ने र विपक्षी कुलमान घिसिङलाई मेरो पदाधिकार नटुटेको र कायम रहेको विपक्षी प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णयबाट मेरो उक्त पदमा रही काम गर्ने मेरो अधिकारमा आघात पुग्नगै मलाई अपुरणीय क्षति हुने भएको हुनाले मिति २०७८–०४–२५ को नेपाल सरकार मन्त्रिपरिषदको अवैधानिक निर्णय, कुलमान घिसिङलाई नियुक्त गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय र सो निर्णयको आधारमा भएका सम्पूर्ण पत्राचार कार्यान्वयन नगर्नु र मलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा काम गर्न दिनु दिलाउनु भनी सर्वोच्च अदालतको नियमावलीको नियम ४९ बमोजिम अन्तरिम आदेशसमेत जारी गरी पाउँ,” निवदेनमा भनेका छन् ।
शाक्यले आफ्ने सहमति बेगर ऊर्जा आयोगमा सरुवा गर्ने निर्णय गैरकानुनी भएको जिकिर गरेका छन् ।
सरकारले साउन २५ गते शाक्यलाई उर्जा आयोगको विज्ञमा रुपमा सरुवा गरेर घिसिङलाई प्राधिरणमा नियुक्त गरेको थियो ।
यसअघि शाक्यकै सहमतिमा सरकारले कुलमानलाई प्राधिकरणमा नियुक्त गरेको दावी गरिएको थियो । शाक्यलाई सचिव सहरको सेवा सुविधा दिइ ऊर्जा आयोगमा ४ वर्षका लागि नियुक्ति गरिएपनि उनी एकाएक सर्वोच्च गएका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस