अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने मन्त्रिपरिषद्को निर्णय
- गाउँ सहर संवाददाता
- ३२ श्रावण सोमबार, २०७८ | १२:४७:०० मा प्रकाशित
काठमाडाैं । सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले अफगानिस्ताामा विकसित घटनाप्रति चासो राख्दै त्यहाँ रहेका नेपाली नगरिकको शीघ्र उद्धार गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले नेपालीको उद्धारको लागि गठन गरेको निकायहरुलाई समन्वायत्मक ढंगले काम गर्न बैठकले निर्देशन दिएको बताए ।
त्यस्तै भूपूर्व गोर्खा सैनिकहरुको सम्बोधन हुन बाँकी रहेका समस्या समाधान गर्न माग गर्दै बेलायतको लण्डनमा जारी आमरण अनशन प्रति सरकारको ध्यानाकर्षण भएको समेत उनले बताए । यस समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यस सम्बन्धी कूटनैतिक प्रक्रिया समेत अगाडि बढिसकेको प्रवक्ता कार्कीले बताए । उनले आमरण अनशन फिर्ता लिन भूपूर्व ब्रिटिस गोर्खासँग सम्बन्ध सबैमा आग्रह गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस