स्वास्थ्य
काठमाडौं उपत्यकामा थप ७२९ जनामा कोरोना संक्रमण पुष्टि
- गाउँ सहर संवाददाता
- ३१ श्रावण आइतबार, २०७८ | १६:५८:०० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ५१२, भक्तपुरमा ६३ र ललितपुरमा १५४ जना कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, ३३ जनाले ज्यान गुमाएका छन् ।
देशभर हालसम्म ३९ हजार २९८ जना सक्रिय संक्रमित छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस