अर्थतन्त्र
आयात प्रतिस्थापन गर्न आवश्यक - अर्थमन्त्री शर्मा
- गाउँ सहर संवाददाता
- ३० श्रावण शनिबार, २०७८ | २०:२९:०० मा प्रकाशित
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा आयात प्रतिस्थापन गर्न आवश्यक रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंद्वारा शनिबार भर्चुअल रुपमा आयोजित दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले उत्पादन वद्धि गरेर आयात प्रतिस्थापन गर्नुको विकल्प नभएको बताए ।
निर्यातमुखी अर्थतन्त्र निर्माणको लागि उत्पादन वृद्धि गर्नु अपरिहार्य रहेको भन्दै अर्थमन्त्री शर्माले उत्पादन बढाएर व्यापार घाटा कम गर्ने बताएका हुन् ।
अर्थमन्त्री शर्माले कोभिड - १९ संकटको बेला निजी क्षेत्रले राहत महशुस गर्ने गरी सरकारले काम गर्ने बताए । उनले मुलुकलाई आत्मनिर्भर बनाउने अभियानमा लैजान निजी क्षेत्रले के कस्तो नीतिगत सुधार चाहन्छ, त्यसको लागि सरकार तयार रहेको पनि बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस