कृषि
चार महिनामा पाँच अर्ब ८९ करोड बराबरका १६ थरिका खाद्यवस्तु आयात
- १६ मङ्सिर मंगलबार, २०८२ | ०७:३५:०० मा प्रकाशित
पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु. पाँच अर्ब ८९ करोड बराबरका १६ थरिका खाद्यवस्तु आयात भएकाे छ । गत आवको सोही अविधको तुलनामा यो रु. एक अर्ब २४ करोडले बढी हो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रु. दुई अर्ब २९ करोड बराबरको चार करोड २१ लाख ८६ हजार १११ किलोग्राम मकै र रु. दुई अर्ब एक करोड बराबरको पाँच करोड ४० लाख ४५ हजार ४१३ किलोग्राम धान आयात भयो ।
त्यसैगरी, रु. एक अर्ब छ करोड मूल्यका एक करोड नौ लाख ४४ हजार ५६० किलोग्राम चामल आयात भयो ।
प्रतिकृया दिनुहोस