माओवादी केन्द्रकाे राष्ट्रिय सम्मेलन पुस ११, सेल र टोल भेला असोज १० गते प्रस्ताव
- गाउँ सहर संवाददाता
- ३० श्रावण शनिबार, २०७८ | १३:५१:०० मा प्रकाशित

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको महाधिवेशन पुस ११, १२ र १३ गते गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
शनिबारदेखि काठमाडौंको बत्तीसपुतलीमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेस गरेका हुन् ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकका एजेन्डाबारे जानकारी दिँदै महाधिवेशन पुसमा गर्ने प्रस्ताव अध्यक्षले ल्याएको बताए ।
उनका अनुसार बैठकले पहिले कार्यसूची पारित गरेको छ ।
सुरूमा राजनीतिक प्रतिवेदन पेश गर्ने, पार्टीको विधान संशोधन प्रस्ताव पेश गर्ने, राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदामाथि छलफल गर्न समूह विभाजित गर्ने लगायतका काम भएका छन् ।
राजनीतिक प्रतिवेदन र विधान संशोधन छलफल गर्न केन्द्रीय सदस्यहरूमाझ आठ वटा समूह बनाइएको छ ।
त्यो समूहले आइतबार ११ बजे बस्ने बैठकमा छलफलको निष्कर्ष पेश गर्ने छ ।
प्रचण्डको प्रस्तावमा यही भदौ मसान्तभित्र माओवादी केन्द्रले देशैभरि पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने उल्लेख छ । असोजमा टोलदेखि वडा हुँदै गाउँ सम्मेलनहरु गरिसक्ने र कात्तिकमा जिल्ला अधिवेशन गर्ने भनिएको छ । देशैभरका वडाहरूमा एकै दिन सम्मेलन सम्पन्न गर्ने प्रचण्डको प्रस्ताव छ । त्यस्तै ७७ जिल्लाको सम्मेलन पनि एकै दिन गर्ने भनिएको छ ।
सेल कमिटीदेखि राष्ट्रिय सम्मेलनसम्मको कार्यसूची
भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण ।
असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला ।
असोज २० गते वडा सम्मेलन
असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन ।
कात्तिक ३० गते जिल्ला सम्मेलन
मङ्सिर १५ गते प्रदेश सम्मेलन
पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस