कोरोनाबाट थप २७ जनाको मृत्यु, सक्रिय संक्रमित ३८ हजार ७९८ पुगे, ७३६ सघनमा र १८६ जनाको भेन्टिलेटरमा उपचार हुँदै
- गाउँ सहर संवाददाता
- २९ श्रावण शुक्रबार, २०७८ | १६:५१:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १८ हजार ५८२ को परीक्षण हुँदा ३ हजार ९१५ संक्रमित थपिएका छन् । जसमा ५९.९१ पुरुष र ४०.०९ महिला छन् ।
आजसम्म जम्मा ३७ लाख ४० हजार ८१७ पिसिआर र ३ लाख ८६ हजार ९२९ जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा ७ लाख २८ हजार ५३२ पिसिआरबाट संक्रमण पुष्टि भएका छन् भने एन्टिजेनबाट ७४ हजार ३४ पुष्टि भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ७३६ सघन र १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या २ हजार ११८ छ । निको हुनेको प्रतिशत ९३.३ छ । योसहित कुल निको हुनेको संख्या ६ लाख ७९ हजार ४९५ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ४३९ र होम आइसोलेशनमा रहेको संख्या ३५ हजार ५१८ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या ३ हजार २८० छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ रहेको छ ।
अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या ३२ लाख २३ हजार ६९३ पुगेको मन्त्रालयले जनाएको छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
पछिल्लो समय कोरोना संक्रमण सोचेजस्तो नघटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उसले विज्ञप्ति जारी गरीसंक्रमणको दर बढेको बताएको हो । उसले लुकिछिपी मापदण्डको पालना नगरेको पाइएको बताएको छ ।
संक्रमणको जोखिम बढिरहेको समयमा झनै सम्बेदनशील रहनुपर्ने र जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, रुपन्देही र सुर्खेत रहेका छन् भने २०० माथि संक्रमित रहेका १७ जिल्लाहरु छन् ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.५ र मृत्यु प्रति दश लाख जनसंख्यामा ३४५.१ रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस